अराजकता नेपालको कुटनीतिमा पनि देखिंदै छ

नेपालमा चीन भर्सेस भारत, जापान र अमेरिकाको स्थिति देखिदै आइरहेको छ। यस मामिलामा नेपाली राजनेताहरूले सतर्कता अपनाउन सकेनन भने परिणाम गम्भीर बन्न सक्दछ। सिजिम्पिंग को नेपाल भ्रमण लाई पनि यसै संदर्भमा बुझ्नु उपयुक्त हुनेछ। चिनिया राष्ट्रपति सिजिम्पिंग चिनिया विदेशमंत्री वाङ यी नेपालको दुई दिने भ्रमणमा भदौ २२ गते काठमाण्डौ आए र उनि पूर्वनिर्धारित कार्यक्रम अनुशार नै भ्रमण सकेर बेईजिङ फर्के । उनि राष्टपति सी जिम्पींगको बहुप्रतिक्षित नेपाल भ्रमणको चाँजोपाँजो मिलाउन नेपाल आएका थिए । उनले नेपालमा रहँदा राष्ट्रपति प्रधानमंत्री प्रमुख विपक्षी दलका नेतासंग दुईपक्षीय कुराकानी गरेका भएपनि प्रधानमंत्रीको पार्टी नेकपाका अर्का अध्यक्षसंग प्रचण्डसंग भएको भेटवार्ताले भने कुटनीतिक रुपमा सरकारलाई नै अप्ठ्यारोमा पारेको छ । २० मंसीर २०५३मा तत्कालिन चिनिया राष्ट्रपति जियाङ जेमिनपछि लामो समयसम्म छिमेकमा रहेको नेपालमा चीनबाट राष्ट्रपतिस्तरको नेपालमा भ्रमण नभएको वर्तमान अवस्थामा सीको भ्रमण नेपालकानिम्ति महत्वपूर्ण मानिएको छ । ...