अराजकता नेपालको कुटनीतिमा पनि देखिंदै छ

        नेपालमा चीन भर्सेस भारत, जापान र अमेरिकाको स्थिति देखिदै आइरहेको छ। यस मामिलामा नेपाली राजनेताहरूले सतर्कता अपनाउन सकेनन भने परिणाम गम्भीर बन्न सक्दछ। सिजिम्पिंगको नेपाल भ्रमणलाई पनि यसै संदर्भमा बुझ्नु उपयुक्त हुनेछ। 

 
चिनिया राष्ट्रपति सिजिम्पिंग
 चिनिया विदेशमंत्री वाङ यी नेपालको दुई दिने भ्रमणमा भदौ २२ गते काठमाण्डौ आए र उनि पूर्वनिर्धारित कार्यक्रम अनुशार नै भ्रमण सकेर बेईजिङ फर्के । उनि राष्टपति सी जिम्पींगको बहुप्रतिक्षित नेपाल भ्रमणको चाँजोपाँजो मिलाउन नेपाल आएका थिए । उनले नेपालमा रहँदा राष्ट्रपति प्रधानमंत्री प्रमुख विपक्षी दलका नेतासंग दुईपक्षीय कुराकानी गरेका भएपनि प्रधानमंत्रीको पार्टी नेकपाका अर्का अध्यक्षसंग प्रचण्डसंग भएको भेटवार्ताले भने कुटनीतिक रुपमा सरकारलाई नै अप्ठ्यारोमा पारेको छ ।

२० मंसीर २०५३मा तत्कालिन चिनिया राष्ट्रपति जियाङ जेमिनपछि लामो समयसम्म छिमेकमा रहेको नेपालमा चीनबाट  राष्ट्रपतिस्तरको नेपालमा भ्रमण नभएको वर्तमान अवस्थामा सीको भ्रमण नेपालकानिम्ति महत्वपूर्ण मानिएको छ ।

 वि.सं. २०४६देखि लगातार अन्य अन्तरराष्ट्रिय सम्बन्धहरुलाई भन्दा भारतसंगको संम्बन्धलाई विषेश महत्व दिंदैआएको नेपालले वर्तमान प्रधानमंत्री ओलीको अघिल्लो कार्यकाल २०७२ सालको चैतमामा चीनसंग विषेश सम्झौताहरु गरेर नेपालको भारत निर्भरतालाई कम गर्ने नीतिगत प्रयास गरेका थिए । नेपालको यस कदमले नेपालमा प्रभावकारी दबाव राख्दै आएका भारत र अमेरीका र युरोपियन यूनियनलाई झस्काएको थियो । त्यस यता नेपाल र चीन बीच कैयन भेटघाट र वार्ताहरु भएपनि आशानुरुप प्रगती भने भएको देखिंदैन । चीनसंगका सम्झौताहरु कार्यान्वयनमा नेपाल चीनसंग निकट भएको मन नपराउने शक्तिहरुको दवावका कारण नेपालले नै अनुकुल अवस्थाको पर्खाईमा ढिलाई गरेको बुझ्न सकिन्छ । नेपालसंग सम्बन्ध रहेको चीन विरोधी खेमा बिच्कने हो भने अप्ठ्यारो स्थिति उत्पन्न हुने कुरा नेपालले रामो्रसंग बुझेको छ । उता चीनसंग गरिएका संझौताहरुलाई सँधै थाती राख्ने विकल्प पनि नेपालसंग बाँकी छैन । नेपालको यतिबेलाको कुटनीतिक जटीलता भनेको यही नै हो । राष्ट्रपति सीको नेपाल आगमनले त्यस दिशामा अपेक्षा गरिएअनुशारको प्रगतीको ढोका खुल्ने आशा नेपालमा गरिंदै आएको छ । तर यो काम सोच्न जति सहज देखिन्छ त्यो भन्दा धेरै कठिन छ । त्यसैले सीको भ्रमण हुने वा भ्रमणले नेपालको प्रगतीको ढोका खुल्ने कुरामा अझै ढुक्क हुने स्थिती भने छैन । यसकालागि नेपालसंग सम्बन्ध भएका अन्य शक्ति देशहरुको सदाशयता कस्तो रहला भन्ने कुराले पनि धेरै हदसम्म निर्धारण गर्ने छ ।

 विश्वमा आफ्नो प्रभाव विस्तारको आकांक्षी  चीनले अन्य आफ्ना विरोधीहरुलाई आफुप्रति आक्रमक बनाएर नेपाललाई कस्तो सरसहयोग गर्ला भन्ने संशय पनि अझै मेटिन बाँकी छ । सीको भ्रमण भएमा यस्ता केही आशंकाहरुले भने किनारा पाउने छन्।                    
              कुटनीतिमा मौनता र सांकेतिकतालाई 

             समेत महत्वपूर्ण अभिव्यक्ति मान्ने चलन
             संसारभरी छ । नेपालले यस कुरामा होशियार
             रहन जरुरी छ । अन्यथा नेपालमा पकड
             राख्दै आएका बाहिरियाहरुले सत्ता मात्र होईन
             व्यवस्था समेत परिवर्तन गर्ने काम नगर्लान् 
                भन्न सकिन्न

वाङ नेपालबाट फर्केपछि चिनिया विदेश मंत्रालयले जारी गरेको विज्ञप्तीमा नेता प्रचण्डलाई उदृत गर्दै नेपाल इण्डोप्यशिफिक स्ट्रेटेजीबाट अलग रहेको जनाएको थियो । बेईजिङको उक्त विज्ञप्तीलाई लिएर अमेरीकाले इण्डोप्याशिफिक बारे नेपालको आधिकारिक धारणको माग गरेको छ । यसबीच फेरि अध्यक्ष प्रचण्डले इलाम पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुलाई कुनै पनि सैनिक गठबन्धन चाहे त्यो इण्डोप्याशिफिक होस वा बिमेष्टिकमा नेपाल शामिल नहुने बताएका छन् । उनले चीनले त्यस किसिमको बक्तव्य पनि नदिएको र अमेरीकाले पनि आधिकारिक रुपमा कुनै सोधनी नगरेको समेत बताएका छन् । नेपाल बिमेष्टिकको ८ फरवरी २००४देखि सदस्य बनेको हो । यसको अघिल्लो शिखर सम्मेलन ३१ अगस्त २०१८मा काठमाण्डौमा सम्पन्न भएको थियो । जसको अध्यक्ष्यता प्रधानमंत्री केपी ओलीबाट भएको थियो । सम्मेलनपछि भारतको पुणेमा गर्ने भनिएको सदस्य राष्ट्रबीचको संयुक्त सैन्य अभ्यास बारे सत्तारुढ नेकपाभित्रै विवाद भएपछि भने नेपालले भाग लिएको थिएन । विवादको विषय नै चीन विरुद्ध जस्तो देखिने यो सैन्य अभ्यासमा भाग लिने कि नलिने भन्ने थियो । 

इण्डोप्याशेफिक स्ट्रेटेजी हिन्दमहासागर र प्रशान्तमहासागर वरपरका भूभागमा रहेका प्राय सबै देशहरुलाई सहभागी गराउने प्रयास हुँदै आएको छ । यसलाई एशियाप्रशान्त क्षेत्रमा चीनको प्रभावलाई रोक्ने उद्देश्यले सक्रिय रणनीतिक अवधारणा मानिदै आएको छ । एशिया प्याशिफिक अवधारणामा अमरीकाले पहिल्यैदेखि काम गरिआएको भएपनि अमरीकामा ट्रम्पको उदयपछि उनले यसलाई इण्डोप्याशिफिक रणनीति नाम दिएका हुन् । इण्डोप्याशिफिक नामको अवधारण नयाँ भने होईन । यो आजभन्दा झण्डै ११ वर्ष पहिले नयाँ दिल्ली नेशनल मरीन फाउण्डेशनका कार्यकारी निर्देशक गुरप्रीत खुरानाले यो शब्दावलीको प्रयोग गरेका थिए ।
                 
नेपाल कुनै समुह वा ब्लकमा संलग्न
                  भएर आफ्ना छिमेकी राष्ट्रहरु विरुद्ध
                  सैन्याभ्यास नगर्ने नीति अबलम्बन
                       गर्ने प्रयासमा छ ।   
नेपाल कुनै समुह वा ब्लकमा संलग्न भएर आफ्ना छिमेकी राष्ट्रहरु विरुद्ध सैन्याभ्यास नगर्ने नीति अबलम्बन गर्ने प्रयासमा छ ।    नेपाल चीनसंग नजिकिदै गएको मान्दै आएको अमेरीकाले नेपाललाई इण्डोप्याशिफिक रणनीतिमा सक्रिय हिस्सेदारी गर्न नेपाललाई निरन्तर दबाव दिंदै आएको छ । यसमा अमेरीका, अष्टेलिया, जापान, भारत जस्ता शक्ति राष्ट्रहरु शामेल छन् । गत वर्ष नेपालका परराष्ट्रमंत्री प्रदीप ज्ञवालीलाई अमेरिका भ्रमणमा बोलाएर इण्डोप्याशिफिक रणनीतिमा सक्रिय जिम्मेवारी लिन आग्रह गरिएको थियो । तर नेपालले प्रत्यक्ष खण्डन नगरे पनि कुटनीतिक रुपमा त्यसलाई रणनीतिमा सामरिक संलग्नता समेत हुने देखेर अस्वीकार गरेको थियो । अमेरीकाले भने नेपाललाई मनाउने प्रयास भने अझै छोडेको छैन । नेपालले भारत चीन र अमेरीकासंग दुई पक्षीय सैन्य अभ्यास भने गर्दै नै आईरहेको छ । तर, नेपाल कुनै समुह वा ब्लकमा संलग्न भएर आफ्ना छिमेकी राष्ट्रहरु विरुद्ध सैन्याभ्यास नगर्ने नीति अबलम्बन गर्ने प्रयासमा छ ।   
          
अध्यक्ष प्रचण्डको हालको वक्तव्य नेपालले अवलम्बन गर्न खोजेको असंलग्न नीतिको विरुद्धमा भने देखिदैन । धेरै कुटनीति विषयहरुमा होशयारीपूर्वक पाईला चाल्नु पर्ने अवस्थामा रहेको नेपालकालागि जतिबेला मनलाग्यो उतिबेला बयानबाजी गर्ने शैलि घातक हुनसक्ने कुरामा दुईमा छैन । भनेजुयेला प्रकरणको केही महिना पछिको यो अर्को प्रकरणले कुटनीति र चुनावी प्रचारमा गरिने भाषणमा भिन्नता बोध नभए र्झै देखिन्छ । कुटनीतिमा मौनता र सांकेतिकतालाई समेत महत्वपूर्ण अभिव्यक्ति मान्ने चलन संसारभरी छ । नेपालले यस कुरामा होशियार रहन जरुरी छ । अन्यथा नेपालमा पकड राख्दै आएका बाहिरियाहरुले सत्ता मात्र होईन व्यवस्था समेत परिवर्तन गर्ने काम नगर्लान् भन्न सकिन्न । यो प्रणालीलाई ध्वंश पारेर गरिने साम्यवादी क्रान्ति होईन, यो संसदीय व्यवस्था अन्तरगत प्रणालीलाई बलियो र प्रभावकारी बनाउने जिम्मेदारीको समय हो ।     
   

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष