संदेश

मास्कोवार्ता# भारतचीन#सीमाविवाद # लेबल वाली पोस्ट दिखाई जा रही हैं

मास्को वार्ता पछि भारत चीन सीमा विवाद सामान्य होला ?

चित्र
भारत चीन सीमा विवाद बारे रुसको राजधानी मास्कोमा हालै दुई देशका विदेशमंत्री बीच भएको वार्ता पाँच बुँदे लिखित सहमती गर्दै टुंगिएको छ । एक अर्कालाई सहमती नमान्ने, विस्तारवादीको आरोप लगाऊँदै सीमानामा सैन्य झडपमा समेत उत्रिएका यी दुई छिमेकीहरुले मास्कोमा भएको सहमतीको पालना गरिहाल्ने छन् भनेर विश्वास गर्न भने गाह्रो देखिन्छ ।    भारत चीनबीच लद्दाख क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ । मास्को सहमतीपछि त्यसको अनुवाद व्यवहारिक हिसाबले सिमानामा देखिंदै आएको असहज अवस्थामा कसरी हुने हो भन्ने हेर्न बाँकी नै छ ।  युद्ध नै गरिहाल्ने उद्देश्य नै नभए पनि एक अर्कालाई दबावमा राख्न चर्काईएको यो सीमा विवाद साँच्चै नै अप्ठ्यारो मोडमा पुगेको देखिएको थियो । सन् १९७५देखि सीमाक्षेत्रमा गोली चलेको थिएन तर यसपटक यो परम्परा समेत तोडिएको छ ।  चीनलाई अप्ठ्यारोमा पारेर आफु दुनियाको सुपरपावर कायम रहिरहने तथा भारत चीनबीचको सम्बन्ध राम्रो भएमा पनि दुनियामा अमेरीकालाई घाटा हुने गणितमा लागेको वाशिङटन यो युद्ध गराएरै छोड्ने पक्षमा छ । चीन विरुद्ध भारतलाई सामरिक हिसाबले सहयोग गर्ने नाममा अमेरीकाले हिन्द मह...