संदेश

मोदीपुटिन लेबल वाली पोस्ट दिखाई जा रही हैं

मोदीको रुस भ्रमण : प्रभाव विस्तारको प्रयास

चित्र
मोदी र पुटिन बीच को भेटवार्ता ले भारत रुस सम्बन्ध मा नया आयाम थपिएको विश्वास भारतमा गर्न थालिएको छ ।   पुर्वोत्तर भारतको असम राज्यमा एनआरसीको अन्तिम सूची सार्वजनिक हुँदै  त्यहाँ उन्नाईसलाख मानिसहरु विदेशी भएको तथ्यांकले देखाएको छ । यो सुचीमा एकलाख भन्दा बढी नेपालीभाषीहरु बाहिर परेका छन् । ठुलो धनराशी स्वाहा परेर गरिएको एनआरसीको प्रकृया वारे नै यतिखेर विभिन्न कोणबाट वहस भै रहेको छ । कस्मीरको विषयले पनि भारतलाई अन्तरराष्ट्रिय सम्बन्धमा थप कसरत गर्नु पर्ने भएको छ । सो अनुरुप अन्य उद्देश्यहरुका आडमा दिल्लीबाट यतिखेर दौडाहाहरु भैरहेका छन् ।          भारतीय प्रधानमंत्री नरेन्द्र मोदी भारत अधिकृत कस्मीरले भारतीय संविधानमा उपयोग गरिरहेको विषेश दर्जा खारेज गरेपछि अन्तरराष्ट्रिय जनमतलाई आफ्नो पक्षमा पार्ने प्रयास स्वरुप थालिएको विदेश भ्रमणका क्रममा दुई दिने रुस भ्रमणमा ब्लाडिभोस्टकमा रुसी राष्ट्रपति पुटीनसंग पानी जहाजमा वार्ता गरेका छन् । अवरणमा २०औ भारत रुस वार्षिक समीट र पाँचौं पूर्वीय आर्थिक मंचको सम्मेलनमा भाग लिन र रुससंग हतियार, ...