संदेश

Hindurastra लेबल वाली पोस्ट दिखाई जा रही हैं

अब धर्मको नाममा सामाजिक बिखण्डनको खतरा

चित्र
नेपाली काँग्रेस को सम्पन्न महासमितिमा अधिकाँश सदस्यहरुले नेपाललाई फेरी हिन्दुराष्ट्र बनाउनु पर्ने माग राखेर हस्ताक्षर संकलनगरी नेतृत्वलाई बुझाएपछि हिन्दुराष्ट्रको मुद्दाले नयाँ मोडलिनसक्ने आँकलन गरिएको छ । जातीय र क्षेत्रिय बिखण्डनले थलिएको नेपाल मा अब धार्मिक बिखण्डन को संकेत । हिन्दु राष्ट्रकोलागि प्रदर्सन            पछिल्ला दिनहरुमा धर्मनिरपेक्ष संघीय गणतन्त्र नेपालमा हिन्दुराष्ट्रको पक्षमा गतिविधि एक्कासी बढेर गएको छ । जनआन्दोलनपछि २०६५ जेठ १५ गतेका दिन बसेको पहिलो संविधानसभाको पहिलो बैठकले झण्डै तीनसय वर्षदेखि चल्दैआएको राजतन्त्र र एकात्मक शासन व्यवस्थालाई अन्त्य गर्दै नेपाललाई धर्म निरपेक्ष संघीय गणतन्त्रात्मक घोषणा गरेको थियो । दोस्रो संविधानसभाले २०७२ मा घोषणा गरेको संघीय गणतन्त्र नेपालको संविधानले धर्मनिरपेक्षतालाई स्वीकार गरेको हो । धर्मनिपेक्ष घोषणा भएको एक दशक बित्दा नबित्दै फेरी हिन्दुराष्ट्र नै बन्नु पर्छ भन्ने मतहरु औपचारिक ठाँऊँहरुमा समेत यत्रतत्र सुनिन थालेको छ । नेपाललाई धर्म निरपेक्ष बनाउन पश्चिमा देशहरुले...