संदेश

प्रधानमंत्री# केपी ओली#संसदीयदल#विरोधीखेमा# लेबल वाली पोस्ट दिखाई जा रही हैं

भूराजनीतिक चलखेलका कारण नेकपा विघटन र एमालेमा विद्रोह

चित्र
प्रधानमंत्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली ले बालुवाटारमा आह्वान गरेको चैत्र १३ गतेको एमाले संसदीय दल को बैठकमा पहिलोपल्ट ओली विरोधी खेमा का नेता माधव नेपाल र भीम रावल बाहेकका लगभग सबैजसो सांसदहरुको सहभागिता रहनुलाई उनिहरुले ओलीको नेतृत्व स्वीकार गरेको अर्थमा हेरिएको छ । ओलीले बालुवाटारमा आयोजन गरेका बैठकमा नजाने अड्डी लिंदै आएका उनिहरुको यो सहभागिताले सो पक्ष केही लचिलो भएको भन्न सकिएला तर त्यहाँ दुवैपक्षले आफ्नै पुरानो अडान प्रस्तुत गरेबाट यो सहभागिता रणनीतिक वा स्वभाविक के हो भन्ने कुराको उत्तर प्रष्ट छैन ।      अधिकाँश मानिसहरु खारेजीमा परेको नेकपाको आन्तरिक झगडालाई नेपालका नेताहरुको आफ्नै स्वार्थको उपज मात्रै भनेर अथ्र्याउने गरेको देखिन्छ । यो जस्तो गलत तर्क अर्को हुनै सक्दैन । यस्तो तर्क सम्बन्धित स्वार्थसमूहका समर्थकहरुले गर्नु अलग कुरा हो तर केही अन्यहरु पनि यहि कुराको पछाडि लागेको देखिंदै छ । वास्तवमा नेपालमा लामो समयदेखि चल्दै आएको नीतिगत र राजनीतिक अस्थिरताको मुख्य कारण, नेपालमाथि तीव्र गतिमा बढ्दै गएको भूराजनीतिक दबाव नै हुनेगरेको देखिन्छ  ।  ने...