रहस्यमय कुटनीतिको देश चीन

चीन यतिबेला विश्वको कुटनीतिक चहलपहलको केन्द्रविन्दु जस्तै भएको छ । विगत लामो समयसम्म दुनियाको कुटनीतिको केन्द्रमा संयुक्तराज्य अमेरिका रहंदै आएको थियो । त्यहां ट्रमको उदयपछि भने विश्वमा अमेरिको प्रभाव खुम्चिंदो छ । विश्वको कुटनीतिका नकारात्मक र सकारात्मक दुवैधारहरु कुनै न कुनै रुपमा सरोकार राखेको देखिन्छ । नेपाल जस्ता कमजोर देशहरुकालागि चीन आशा र भरोसाको केन्द्र बनेको देखिन्छ । व्यापार र अन्य कतिपय विषयहरुमा कट्टर विरोधी भएर पनि अमेरिका चीनलाई पुरै बेवास्ता गर्न सक्ने स्थितीमा छैन । भारतजस्तो चीनको पारम्परिक प्रतिस्पर्धी देश पनि चीनसंग सतर्कतापूर्वक प्रत्यक्ष संवादमा रहनुमा नै भलाई हुने नीचोडमा पुगेको देखिंदै छ । दुनियाका साम्यवादी शासन रहेका उत्तरकोरिया, लाओस जस्ता देशहरु पनि चीनसंग नजिकको सम्बन्ध राख्न चाहेका देखिन्छन् भने पूजीवादी बहुदलिय व्यवस्थामा राजनीतिक अभ्यास गरिरहेका साम्यवादी दलहरुको पनि...