रहस्यमय कुटनीतिको देश चीन
चीन यतिबेला विश्वको कुटनीतिक चहलपहलको केन्द्रविन्दु जस्तै भएको छ । विगत लामो समयसम्म दुनियाको कुटनीतिको केन्द्रमा संयुक्तराज्य अमेरिका रहंदै आएको थियो । त्यहां ट्रमको उदयपछि भने विश्वमा अमेरिको प्रभाव खुम्चिंदो छ ।
विश्वको कुटनीतिका नकारात्मक र सकारात्मक दुवैधारहरु कुनै न कुनै रुपमा सरोकार राखेको देखिन्छ । नेपाल जस्ता कमजोर देशहरुकालागि चीन आशा र भरोसाको केन्द्र बनेको देखिन्छ । व्यापार र अन्य कतिपय विषयहरुमा कट्टर विरोधी भएर पनि अमेरिका चीनलाई पुरै बेवास्ता गर्न सक्ने स्थितीमा छैन । भारतजस्तो चीनको पारम्परिक प्रतिस्पर्धी देश पनि चीनसंग सतर्कतापूर्वक प्रत्यक्ष संवादमा रहनुमा नै भलाई हुने नीचोडमा पुगेको देखिंदै छ ।
दुनियाका साम्यवादी शासन रहेका उत्तरकोरिया, लाओस जस्ता देशहरु पनि चीनसंग नजिकको सम्बन्ध राख्न चाहेका देखिन्छन् भने पूजीवादी बहुदलिय व्यवस्थामा राजनीतिक अभ्यास गरिरहेका साम्यवादी दलहरुको पनि चीन प्रिय बनेको छ ।
केही दशक अघिसम्म दुनियाका पछाडि परेका कमजोर देशहरुको पक्षमा भारतले अन्तरराष्टिय मंचहरुमा वकालत गरेको देखिन्थ्यो भने अब त्यो स्थान चीनले लिएको छ । विदेशी पूंजीकालागि पनि चीन आकर्षणको केन्द्र बन्दै गएको छ । अन्तरराष्ट्रिय व्यापारका निम्ति पनि चीन अपरिहार्य जस्तै बन्दै गएको छ ।
सबैतिरको आकर्षणलाई व्यवस्थापन गर्न बेईजिङमा धैरै व्यस्तता देखिन्छ । नेताहरु आफ्ना अनुभवी टिमहरुसंग निरन्तर आन्तरिक परामर्शमा व्यस्त रहेका देखिन्छन् । कुटनीतिका जानकारहरुका नजरमा चीन नरम कुटनीति अबलम्वन नगर्ने देशका रुपमा पनि मानिन्छ ।
जून २० तारिखका दिन नेपाली प्रधानमंंत्री केपी ओली नेतृत्वको टोलीलाई ग्रेट हल अफ द पिपुलमा भेट्न भन्दा पहिला राष्ट्रपति सि जिम्पिङ उत्तरकोरियाली नेता किम जोङ उनसंग भेटेका थिए । ओलीसंगको भेटघाटपछि वोलिभियाली राष्ट्रपति ईभोमारलोससंगको भेटको तैयारी पनि चलिरहेको थियो । सिले एउटै बसाईमा पालैपालो तीन नेताहरुसंग भेट गरेका थिए । यसले उनिहरुको मेहनतलाई देखाऊथ्यो ।
यसरी चीन बहुआयामिक र रहस्यपूर्ण देशका रुपमा विकास गरिरहेको छ । उसको यो स्वरुपको प्रतिफल कसरी देखिने हो त्यो भने देखिन अझै बांकी छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.