संदेश

लोकतान्त्रिक लेबल वाली पोस्ट दिखाई जा रही हैं

व्यवस्थित बहस विनाको लोकतन्त्र

चित्र
बाबुराम पौड्याल नेपाल लगायतका लोकतान्त्रिक भनिने देशहरुमा जनताको पक्षमा बहस गरेर उचितलाई पैल्याउने उद्देश्यले चुनेर पठाईएका प्रतिनिधिहरुबाट बहसको थलो मानिएको संसदमा झैझगडा गर्ने र हातपात समेत गर्ने अथवा अल्पमतप्रति असहिष्णु बन्ने घटनाहरुले लोकतन्त्रको नै धज्जि उडाईरहेको देखिन्छ । बहसमा ब्यस्त युवाहरु    तर्कवितर्क र संवादबाट सत्यलाई जान्न सकिन्छ भन्ने मान्यता पूर्वीय तर्क दर्शनको मान्यता हो । वादे वादे जायते तत्वबोध भन्ने कथन उपनिषदमा उल्लेख भएको देखिन्छ । ज्ञान साधकहरु तर्कका माध्यमबाट शास्त्रार्थ गर्ने र तर्कबाट सत्य सावित गर्ने प्रचलन प्राचीनकालमा मिथिला लगायत देशमा प्रचलनमा रहेकोे प्रमाण पाईन्छ । आर्यवर्तमा बहसको प्राचिन परम्परा थियो । बहस उचित निष्कर्शकानिम्ति गरिने प्रकृया हो । उचित अध्ययन र अनुशासनविना बहसमा भागलिन संभव हँदैन । ज्ञानविनाको सार्थक बहसमा भागलिर्नै सकिंदैन । केवल भजन, स्तुति, नारा जुलुस र जयजयकार मात्र गर्न सकिन्छ । त्यसभन्दा अरु मारपीट, झैझगडा, गाली गलौज गर्नसकिन्छ । अध्ययन नगरिकन ज्ञान नहुने र ज्ञान आजर्न नगरिकन बहस संभव नहुने भएकोले द...