काठमाण्डौमा दुईतिरबाट रेल ल्याउने तयारी तीव्र

- बाबुराम पौड्याल नेपाल मा ड्रीम प्रोजेक्ट का रुपमा प्रचार गरिएको काठमाण्डौ- केरुङ रेलमार्ग निमार्ण सम्बन्धि गतिविधिले विस्तारै तीव्रता पाउन थालेको देखिएको छ । यसको निर्माण बलियो भनिएको नेपाल कम्युनिष्ट पार्टीको सरकार र विशेष गरेर प्रधानमंत्री खड्गप्रसाद ओलीको प्रतिष्ठा पनि जोडिएको छ । चुनावताका नेकपाले उत्तर र दक्षिणतिरबाट रेलमार्गबाट नेपाललाई आन्तरिकरुपमा नै जोडिने प्रतिबद्धता जनता समक्ष गरेको थियो । उता दक्षिणतिरबाट पनि रेलमार्गबाट काठमाण्डौ जोड्ने नक्शांकनकालागि एम्ओयूमा हस्ताक्षर हुनलागेको जनाईएको छ । संभवतः यहि भदौको १४ र १५ गत...