काठमाण्डौमा दुईतिरबाट रेल ल्याउने तयारी तीव्र


                                                                                                                  -  बाबुराम पौड्याल

नेपालमा ड्रीम प्रोजेक्टका रुपमा प्रचार गरिएको काठमाण्डौ- केरुङ रेलमार्ग निमार्ण सम्बन्धि गतिविधिले विस्तारै तीव्रता पाउन थालेको देखिएको छ ।
 यसको निर्माण बलियो भनिएको नेपाल कम्युनिष्ट पार्टीको सरकार र विशेष गरेर प्रधानमंत्री खड्गप्रसाद ओलीको प्रतिष्ठा पनि जोडिएको छ । चुनावताका नेकपाले उत्तर र दक्षिणतिरबाट रेलमार्गबाट नेपाललाई आन्तरिकरुपमा नै जोडिने प्रतिबद्धता जनता समक्ष गरेको थियो । उता दक्षिणतिरबाट पनि रेलमार्गबाट काठमाण्डौ जोड्ने नक्शांकनकालागि एम्ओयूमा हस्ताक्षर  हुनलागेको  जनाईएको छ । संभवतः यहि भदौको १४ र १५ गते काठमाण्डौंमा हुनगैरहेको चौथो बिमेष्टिक शिखर सम्मेलनको अवसरमा यो सहमति हुनलागेको छ । यसले नेपालको सम्बन्ध दुवै छिमेकीहरुसंग सन्तुलनको विन्दुमा पुग्ने दिशामा अगाडि बढेको हो कि जस्तो देखिएको हो । तर, अझै लक्ष्यसम्म पुग्न धेरै व्यवहारिक र विश्बासको परिक्षणका मोडहरु पार गर्न बाकी नै छन् ।


रेल्वे विभागका अनुशार चिनिया टोलीले तयार पारेको प्रतिवेदन अनुशार काठमाण्डौ केरुङ रेलमार्ग निमार्ण गर्न २५७ विलियन डलर खर्च हुने जनाएको छ । भौगोलिक जटिलताका कारण यसको निर्माण सम्पन्न गर्न लगभग नौ वर्षलाग्ने अनुमान भएको पनि जनाईएको छ । दक्षिण रक्सौलबाट काठमाण्डौ आउने रेलमार्गको तुलनामा उत्तर केरुङबाट आउने यो रेलमार्ग खर्चिलो हुने देखिएको छ ।

चीनसंगको सहकार्यमा ओबीओआर ईनिशिएटिभ अन्तरगत बनाउन लागिएको यो रेलमार्गबारे धेरै शंका र उपशंकाहरु पनि गरिएका छन् । यो महत्वकांक्षी परियोजनामा कसको कति र कस्तो लगानी रहने हो भन्ने कुराको निश्चितताबारे अझै स्पष्ट छैन । नेपालले आफ्ना तर्फबाट गर्ने लगानी भार अर्थतन्त्रले धान्न नसक्ने पो हो कि भन्ने चिन्ता पनि प्रकट हुने गरेको छ ।

 नेपालको व्यापारको ठूलो हिस्सा र मानिसहरुको आवतजावत पनि दक्षिणतिर ठूलो मात्रामा हुने भएको हुनाले रक्सौल काठमाण्डौ रेल यातायातले अर्थतन्त्रमा त्यति ठूलो भार नपर्ला भनेर अनुमान गर्नेहरु पनि धेरै भेटिन्छन् । तर उत्तरतिरको रेलमार्गबाट नकारात्मक प्रतिफल पो आउने हो कि भन्ने चिन्ता पनि अहिलेको स्थितिमा हेर्दा अकारण जस्तो देखिंदैन । मुलुकले आर्थिकरुपमा सबल नभैसकेको स्थितीमा ठूलो लगानीको यो योजनालाई सकारात्मक परिचालन गरी उचित प्रतिफल लिन असम्भव त होईन तर कडा मेहनत र जुक्तिको भने आवश्यकता छ । चिनिया लगानी भएका देशहरुमा भएका कतिपय समस्याहरुका कारण पनि शंकाहरु उठेका छन् । बिभिन्न परियोजनाहरूमा लगानी गर्न  चीनसंग  गरिएका समझौताहरु  आफ्नो  देशको अर्थतन्त्रले  धन्ना नसक्ने भन्दै  मलेसियाले  हालै  रद्द गर्न परेको छ  1 

उत्तरतिरको कनेक्टिविटिको आवश्यकता नेपालकालागि सहज परिस्थितीबाट उत्पन्न भएको भने होईन । पटकपटक एकतर्फिरुपमा दक्षिणतिरको निर्भरताले मुलुकले अप्ठ्यारो झेल्नु परेको हुनाले उत्तरी कनेक्टिविटिको आवश्यकता परेको हो । यस अर्थमा यस परियोजनाको महत्व कम आक्न सकिन्न । यसकोलागि नेपाली पक्षले राम्रो अर्थनीति र कुटनीतिको अवलम्बन गर्न जरुरी छ । हचुवाको भरमा पछाडि लाग्ने हो भने मुलुकले महंगो मूल्य चुकाउन पर्ने छ ।               


 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष