प्रदेशसभाका सभासद् दीपक मनाङे कुटपीटको आरोपमा पक्राउ

प्रदेशसभाका सभासद् दीपक मनाङे ले एन्फा कास्कीका अधक्ष्य मिलन गुरुङ माथि कुटपीट गरेर प्रदेशसभा सदस्यको गरिमा खण्डित गर्दै आफ्नो कालो विगत सम्झाएका छन्। गण्डकी प्रदेशको पोखरामा प्रदेशसभा सदस्य दीपक मनाङे यतिबेला कास्की प्रहरीको फन्दामा परेका छन् । उनले कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि पहिलो पटक आयोजित मुख्यमंत्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह शुरु हुनु भन्दा केही समय पहिला हातपात गरेर आफ्नो अभद्रता देखाएका हुन् । प्रदेशसभाको सदस्य जस्तो मर्यादीत पदमा रहेका मनाङेले अपनाएको यो प्रतिवादको शैलिले उनि अझै डनगिरीको विगतबाट मुक्त हुन नसकेको भनेर चर्चा भैरहेको छ । जिम्मेवार पदमा आसिन राजनीतिक व्यक्तित्वहरु आफै नियम कानुन पालनाको क्ष्ोत्रमा रोलमोडल बन्नु पर्नेमा आफुलाई रिस उठेकाहरुप्रति कुटपीट गर्दै हिंड्नु खेदजनक छ । उनले आफुलाई अनुसन्धानकर्ता र न्यायधिश पनि भएको घमण्ड देखाएका छन् । उनले आफुलाई संसारको एकमात्र बाहुवली भएको भ्रममा रहेको देखाएका छन् । भोटमा जितेर पनि कुकर्मको फल भोगिरहेका पूर्वसभामुख कृष्णबहादुर महरा र आफ्ताव आलमहरुवारे उनले हेक्का राखेको देखिएन ।...