प्रदेशसभाका सभासद् दीपक मनाङे कुटपीटको आरोपमा पक्राउ
प्रदेशसभाका सभासद् दीपक मनाङेले एन्फा कास्कीका अधक्ष्य मिलन गुरुङमाथि कुटपीट गरेर प्रदेशसभा सदस्यको गरिमा खण्डित गर्दै आफ्नो कालो विगत सम्झाएका छन्।
गण्डकी प्रदेशको पोखरामा प्रदेशसभा सदस्य दीपक मनाङे यतिबेला कास्की प्रहरीको फन्दामा परेका छन् । उनले कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि पहिलो पटक आयोजित मुख्यमंत्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह शुरु हुनु भन्दा केही समय पहिला हातपात गरेर आफ्नो अभद्रता देखाएका हुन् । प्रदेशसभाको सदस्य जस्तो मर्यादीत पदमा रहेका मनाङेले अपनाएको यो प्रतिवादको शैलिले उनि अझै डनगिरीको विगतबाट मुक्त हुन नसकेको भनेर चर्चा भैरहेको छ ।
जिम्मेवार पदमा आसिन राजनीतिक व्यक्तित्वहरु आफै नियम कानुन पालनाको क्ष्ोत्रमा रोलमोडल बन्नु पर्नेमा आफुलाई रिस उठेकाहरुप्रति कुटपीट गर्दै हिंड्नु खेदजनक छ । उनले आफुलाई अनुसन्धानकर्ता र न्यायधिश पनि भएको घमण्ड देखाएका छन् । उनले आफुलाई संसारको एकमात्र बाहुवली भएको भ्रममा रहेको देखाएका छन् । भोटमा जितेर पनि कुकर्मको फल भोगिरहेका पूर्वसभामुख कृष्णबहादुर महरा र आफ्ताव आलमहरुवारे उनले हेक्का राखेको देखिएन । पत्रकारहरुसंग उनले मिलनले गलतकाम गरेकोले थप्पड हानेर आफुले राम्रो काम गरेको मात्र बताएनन बरु गोली हन्नु पर्ने तर्क गर्दै रहे । विगतमा राजनीतिक नेताहरुको आडमा गलतकाम गर्दै आएका उनले आफुलाई सुघारेर असल राजनेताको रुपमा प्रस्तुत गर्न आवश्यक छ ।
एन्फ अध्यक्ष मिलन गुरुङले गलत काम गरेको भए पनि त्यसको निरुपण गर्ने काम मनाङेको थप्पड कदापि हुन सक्दैन । सामाजिक संजालमा मिलनले कुनै व्यापारीमाथि कुटपीट गरेको भन्ने देखिएको छ । यदी यो सत्य हो भने निन्दनिय छ । यसरी गुण्डागर्दीको शैलिमा गरिने अराजक व्यवहारको सबै क्षेत्रबाट दुरुत्साहन गरिनु जरुरी छ ।
केही दिन पहिला त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गायिका आस्था राउतले आफुले सेलिब्रेटीका हैसियतमा नियमबाट छुट पाउन पर्ने नचाँहिंदो घमण्ड देखाईन् । सेलिब्रेटी, सामाजिक अभियन्ताहरु र अराजकताको विरोध गर्नेहरु नियम पालनका दृष्टिले पनि आममानिसहरुले शिक्षा लिने र अनुसरण गर्ने सामाजिक उदाहरण बनुन भन्ने चाहना राख्नु अतिशयोक्ति होईन । यस्तै अराजक र आफुलाई नियमको उल्लंघन गर्ने विषेश अधिकार मान्दै आएको नेपालको राजनीतिक क्षेत्र जनतामाझ आलोचित छ । यदी उनिहरु जस्तै गलतकाम गर्दै जाने हो भने उनिहरुको विरोधको औचित्य सावित हुन सक्दैन । ३३ किलो सुन कता गयो त्यसैले मैले पनि मन्परी गर्न उचित हो भनेर प्रतिप्रश्न ठड्याउनु भन्दा सबैले नियमलाई मान्ने र मनाउने काम आफैबाट शुरु गर्नु ठुलो काम हुने छ । सचेत बनौ गलतकामको विरोध गरौं । विरोध गर्न आफु अराजक र अशिष्ट बन्न आबश्यक छैन ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.