संदेश

Dasarathajatak लेबल वाली पोस्ट दिखाई जा रही हैं

बुद्धले भनेको राम—कथा कति यथार्थ कति असत्य ?

चित्र
बौद्ध साहित्यको जातककथामा हिन्दुहरुको पवित्र धार्मिकग्रन्थ रामायणका जस्तै पात्रहरु रहेको तर रामायणको कथा भन्दा नितान्त भिन्दै एउटा अनौठो कथा छ । दशरथजातक नामको उक्त कथा परम्परावादी हिन्दुहरुलाई आश्चर्य अथवा पत्याउनै नसकिने लाग्न सक्छ । गौतम बुद्धले यो कथा श्रावस्तीको जेतवन बिहारमा एउटा पिताको मृत्यूमा शोकाकुल पूत्रलाई सुनाएको भनेर उल्लेख गरिएको छ । कथामा अयोध्याको स्थानमा बनारसको उल्लेख छ । बनारस र अयोध्या राज्यका हिसाबले धेरै टाढा पर्ने स्थान होईन् । हुनसक्छ, राजा दशरथको राज्यमा यी दुवै शहरहरु थिए । कथाका अनुशार- बनारसका प्रतापी राजा दशरथका सोह्रहजार रानीहरु थिए । उनकी पटरानीबाट दुई छोराहरु र एक छोरी जन्मिए । जेठा छोराको नाम राम थियो र माहिलाको नाम लक्ष्मण थियो भने छोरीको नाम सिता थियो । राजाकी पटरानीको निधन भयो । तीनवटा सन्तान आमाविनाका टुहुरा भए भने राजा शोकमा डुबे । केही समय बितेपछि उनका मन्त्रीहरुले पटरानी नियुक्त गर्न सल्लाह दिए । राजाले आफुलाई मनपर्ने दोस्रो वरियताकी रानीलाई पटरानी बनाए । उनले राजकुमार भरतलाई जन्म दिईन् ।  यी रानीलाई राजा औधी माया गर्दथे । उन...