बुद्धले भनेको राम—कथा कति यथार्थ कति असत्य ?
बौद्ध साहित्यको जातककथामा हिन्दुहरुको पवित्र धार्मिकग्रन्थ रामायणका जस्तै पात्रहरु रहेको तर रामायणको कथा भन्दा नितान्त भिन्दै एउटा अनौठो कथा छ । दशरथजातक नामको उक्त कथा परम्परावादी हिन्दुहरुलाई आश्चर्य अथवा पत्याउनै नसकिने लाग्न सक्छ । गौतम बुद्धले यो कथा श्रावस्तीको जेतवन बिहारमा एउटा पिताको मृत्यूमा शोकाकुल पूत्रलाई सुनाएको भनेर उल्लेख गरिएको छ । कथामा अयोध्याको स्थानमा बनारसको उल्लेख छ । बनारस र अयोध्या राज्यका हिसाबले धेरै टाढा पर्ने स्थान होईन् । हुनसक्छ, राजा दशरथको राज्यमा यी दुवै शहरहरु थिए ।
कथाका अनुशार-बनारसका प्रतापी राजा दशरथका सोह्रहजार रानीहरु थिए । उनकी पटरानीबाट दुई छोराहरु र एक छोरी जन्मिए । जेठा छोराको नाम राम थियो र माहिलाको नाम लक्ष्मण थियो भने छोरीको नाम सिता थियो । राजाकी पटरानीको निधन भयो । तीनवटा सन्तान आमाविनाका टुहुरा भए भने राजा शोकमा डुबे । केही समय बितेपछि उनका मन्त्रीहरुले पटरानी नियुक्त गर्न सल्लाह दिए । राजाले आफुलाई मनपर्ने दोस्रो वरियताकी रानीलाई पटरानी बनाए । उनले राजकुमार भरतलाई जन्म दिईन् ।
यी रानीलाई राजा औधी माया गर्दथे । उनले रानीलाई खुशी पार्न दुईवटा वरदानमाग भने । रानीले पनि मलाई आवश्य पर्दा पछि माग्ने छु भनिन् । छोरा सात वर्षको भएपछि उनले वरदानको स्मरण गराऊंदै पहिलो वरदान माग्दै भनिन्— मेरो छोरालाई राजा बनाउने वचन दिनोस् । राजा रिसले चुर भए । उनि रामलाई अतिनै माया र भरोसा गर्दथे । पछि उनले मनमनै सोचे रानी धेरै कपटी र अहंकारी छे त्यसैले उसले रामलाई कुनै छल गरेर मार्न सक्छे । राजा राज ज्योतिषी कहाँ गएर आफ्नो आयु कति छ भनेर सोधे । ज्योतिषीले उनको आयु अब बारह वर्ष रहेको बतायो ।
राजाले राम र लक्ष्मणलाई सबै यथार्थ बताऊँदै राज्यत्याग नगरेमा अनिष्ट हुन सक्ने भएको हुँदा बाह्रवर्षकोलागि वनवास जाने त्यसपछि फर्केर राजगद्दी सम्हाल्न भने । सिता पनि दाजु रामसंगै जान तयार भइन् । तीनैजना आँखामा आँखा लिएर निस्किए । उनिहरुसंग प्रजाहरुको ठुलो समुह पनि पछिलागेर गयो तर रामले उनिहरुलाई सम्झाई बुझाइृ गरेर केही परबाट फर्काए ।
उनिहरु उत्तरतिर हिमालयको नजिकैको एउटा जलाशयमा छेऊमा एउटा कुटी बनाएर बस्न थाले । वनका कन्दमुल खाएर जीवन यापन गर्न थाले । रामलाई बाबुको समान सम्मान दिंदै लक्ष्मण र सीताले वानमा गएर कन्दमूल खोजेर ल्याउने गर्न थाले भने राम कुटमिा नै बसेर रेखदेख गर्दथे ।
यता सन्तान वियोग शोकमा रहेका राजा दशरथ भने बाह्र वर्ष नपुग्दै नौ वर्षमा नै मरे । बाबुको मृत्युपछि रानीले भरतलाई राज्यारोहण गर्न भनिन् । तर, भारदारहरुले असली उत्तराधिकारी वनमा रहेकोले त्यसो गर्न मानेन् र भरतले पनि रामलाई फर्काएर ल्याउने अड्डी लिए । भरत भारदारहरुलाई साथमा केही रामलाई खोज्दै जंगलमा पुगे त्यसबेला लक्ष्मण र सीता कन्दमूल खोज्न वनतिर गएका थिए । रामलाई भेटेर बाबुको मृत्यु समाचार सुनाए । यो सुनेर दुवैजना बेहोस भए । होसमा आएपछि रामले दुवैजनालाई राम्ररी सम्झाए र शान्त पारे ।
भरत र भारदारहरुले रामलाई बनारस फर्किन जतिसुकै आग्रह गरेपनि रामले मानेनन् । लक्ष्मण र सीतालाई साथै लिएर जान भने । उनले पितालाई बाह्रवर्षपछि फर्कने वचन दिएको हुँदा त्यो भन्दा पहिल्यै नफर्किने निर्णय गरे । लामो संवादपछि भरत विलाप गर्दै रामका घाँसले बनेका खडाऊ लिएर भारदारसहित फर्किए वाराणसी फर्किए । तीन वर्षसम्म भरतले रामको प्रतिनिधिका रुपमा राजगद्दमा रामका खडाऊ राखेर वाराणसीको राज्य चलाए ।
बाह्रवर्ष बितेपछि राम वनबाट फर्के । बाटैमा वाराणसीबाट राजपरिवारका सदस्यहरुसहित गएको समुहले उनको भव्य स्वागत ग¥यो र राजदरवार लिएर आयो । त्यहाँ राम र सीताको विवाह भयो ।
कथा हामीले सुन्दै आएको भन्दा भिन्न छ । त्रेतायुगको तेश्रो चरणको मानिएको कथामा न कतै सीताको माईती भनिएको जनकपुरको उल्लेख छ न रावण र उसको राजधानी वैभवशाली लंकाको उल्लेख छ । बुद्धलाई रामकथाको जानकारी नै थिएन भन्ने कुरा पनि भएन । कि बुद्धकालसम्म यो कथाको यथार्थ यतिनै मात्र थियो र पछि यसलाई महिमामंडन गर्दै रामायणका लेखकहरुले यहाँसम्म पु¥याए ?
हिन्दुको धार्मिक ग्रन्थ रामायणले मर्यादा पुरुषोत्तम मानेका रामलाई स्थापित गर्न सहायक परिवेशको उल्लेख बुद्धबाट नहुनुले उनले पिताको वियोगमा रहेको शोकाकुल पुत्रलाई सम्झाउन आवश्यक कथाखण्डको मात्रै उल्लेख गर्न आवश्यक ठानेका थिए कि भन्ने शंका छ । बैनीलाई आफ्नी रानी बनाउने कुरा पनि त्यस समयमा खासै अस्वभाविक थिएन । स्वयं बुद्धका पुर्खाहरुले कपिलवस्तु आएपछि आफुसंगै आएकी बैनीसंग विवाह गरेको उल्लेख बुद्ध साहित्यमा छ । उसो त बुद्ध हिन्दुसंस्कृति त्यसबेला देखिएको कर्मकाण्डको विकृति विरुद्ध अभियान चलाएका दार्शनिक, धर्मसुधारक हुन् । त्यसले मर्यादा पुरुषोत्तम भनिने राम कथाको सम्मानजनक वर्णन नभएको पो हो कि ?
बाबुराम पौड्याल
Hmm is anyone else encountering problems with thee
जवाब देंहटाएंimages on this blog loading? I'm trying to figure out if its a problem on my end or
if it's the blog. Any suggestions would be greatly appreciated.
Hello there! This article couldn't be written much better!
जवाब देंहटाएंGoing through this post reminds me of my previous roommate!
He constantly kept talking about this. I will forward this post to him.
Pretty sure he will have a great read. I appreciate you for sharing!