संदेश

प्रकरण लेबल वाली पोस्ट दिखाई जा रही हैं

महराको क्रान्तिकारी आचरणको अवसान ?

चित्र
महरा को क्रान्तिकारी राजनीतिक दर्शनमा महिलालाई सम्मान गर्ने समता प्रदान गर्ने भनिए पनि रोशनी शाही को आरोपले उनलाई कठघरामा पुरयाएको छ । ऐयाशीको रमझममा साँच्चै महराको क्रान्तिकारी आचरणले आत्मसमर्पण गरेकै हो ?  आरोपी महरा आफ्नै सचिवालयकी कर्मचारी रोशनी शाहीले यहि असौज १८ गते पूर्वसभामुख कृष्णबहादुर महराले आफुमाथि बलात्कार गरेको कीटानी जाहेरी प्रहरीमा दिएपछि भोलिपल्ट अर्थात् असौज १९ गते  महरालाई पदबाट राजिनामा दिएपछिको अवस्थामा सभामुखको सरकारी निवासबाट अन्यत्र सर्न नपाऊँदै प्रहरीले पक्राउ गरेको छ ।   पिडिता रोशनी शाही  यसअघि नै एउटा अनलाईन मिडियामा पीडिताको महराले  आफ्नो निवासमा एक्लै भएको समयमा आएर यौनदुराचार गरेको भन्ने भनाई सार्वजनिक भएको थियो । त्यसपछि चौतर्फी दबाव परेपछि उनले सभामुख पदबाट राजिनामा दिएका थिए । संभवतः प्रहरी हिरासतमा परेपछि उनको सांसद पद समेत खारेजीमा परेको छ । पार्टीको सदस्यता के हुने हो भन्ने प्रश्न यी पंतीहरु लेख्दासम्म  अझै अनुत्तरित नै छ ।     महरा दोषी ठहरिए भने यो काण्ड नेपालको हाईप्रोफाईल यौनकाण्ड मान...