संदेश

मरणiसन्न लेबल वाली पोस्ट दिखाई जा रही हैं

मरणiसन्न दक्षिणएशियाई क्षेत्रिय सहयोग संगठन — बाबुराम पौड्याल

विगत केही वर्षहरुदेखि भारतले दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कलाई महत्व दिन चाहेको छैन । यसमा प्रमुखरुपले पाकिस्तान र भारत बिचको तनावपूर्ण सम्बन्ध कारक भएको देखिंदै छ । यो संगठनको शुरुआत पनि भारतको चाहनाले भएको थिएन । भारतसंग चिढिएका छिमेकी देशका नेताहरुबीच भएका अनौपचारिक भेटघाटमा यस्तो संगठन बनाउने सोचले आकार लिंदै गएको थियो । श्रीलंका, नेपाल र बांगलादेशले यसमा सक्रिय भूमिका खेलेका थिए । विश्वमा सबैतिर क्षेत्रिय मंचहरुको लहर चलेको त्यसबेला यसलाई आवश्यक पनि मानिएको थियो ।  दुई पक्षिय समस्याहरु राख्न नपाउने र सर्वसम्मतिबाट मात्रै निणर्य गरिने व्यवस्था गरिने भारतिय प्रस्ताब स्वीकार गरिएपछि मात्र सार्कको औपचारिक स्थापना भएको थियो ।  भारतले आतंकवादको दवावपूर्ण मुद्दा उठाएर सबैखाले अन्तरराष्ट्रिय सम्बन्ध र मंचहरुबाट पाकिस्तानलाई अलगथलग पार्न दबावपूर्ण अभियान चलाइरहेको छ । कुनै समयमा पाकिस्तानका महत्वपूर्ण सहयोगी रहेका अमेरिकालगायतका देशहरु समेतले भारतलाई साथ दिनथालेपछि दिल्ली यो कार्यमा बढी नै उत्साहित देखिन्छ । भारत—पाक सम्बन्धका उतारचढावहरुले देखाउंछ कि आतंकवादको...