मरणiसन्न दक्षिणएशियाई क्षेत्रिय सहयोग संगठन — बाबुराम पौड्याल

विगत केही वर्षहरुदेखि भारतले दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कलाई महत्व दिन चाहेको छैन । यसमा प्रमुखरुपले पाकिस्तान र भारत बिचको तनावपूर्ण सम्बन्ध कारक भएको देखिंदै छ ।


यो संगठनको शुरुआत पनि भारतको चाहनाले भएको थिएन । भारतसंग चिढिएका छिमेकी देशका नेताहरुबीच भएका अनौपचारिक भेटघाटमा यस्तो संगठन बनाउने सोचले आकार लिंदै गएको थियो । श्रीलंका, नेपाल र बांगलादेशले यसमा सक्रिय भूमिका खेलेका थिए । विश्वमा सबैतिर क्षेत्रिय मंचहरुको लहर चलेको त्यसबेला यसलाई आवश्यक पनि मानिएको थियो ।  दुई पक्षिय समस्याहरु राख्न नपाउने र सर्वसम्मतिबाट मात्रै निणर्य गरिने व्यवस्था गरिने भारतिय प्रस्ताब स्वीकार गरिएपछि मात्र सार्कको औपचारिक स्थापना भएको थियो ।


 भारतले आतंकवादको दवावपूर्ण मुद्दा उठाएर सबैखाले अन्तरराष्ट्रिय सम्बन्ध र मंचहरुबाट पाकिस्तानलाई अलगथलग पार्न दबावपूर्ण अभियान चलाइरहेको छ । कुनै समयमा पाकिस्तानका महत्वपूर्ण सहयोगी रहेका अमेरिकालगायतका देशहरु समेतले भारतलाई साथ दिनथालेपछि दिल्ली यो कार्यमा बढी नै उत्साहित देखिन्छ ।


भारत—पाक सम्बन्धका उतारचढावहरुले देखाउंछ कि आतंकवादको सवालले मात्र ती दुवै देशबीचको संबन्धमा तिक्तता आएको होईन । अंग्रेजहरुले भारत र पाकिस्तानको विभाजन गरेर छोड्दा नै हिन्दु र मुसलमानहरुबीच मानसिक द्वैष शुरु भएको थियो । त्यसपछि सन् १९७१मा पाकिस्तानको विभाजन गरेर बंगलादेश बनाउने कार्यमा भारतको सक्रियताले आगोमा घिऊ थप्ने काम गर्यो । यो पीडाको तुषबाट पाकिस्तान अझै उम्कन सकेको देखिंदैन । दुवै देशबीच युद्धहरु समेत भैसकेका छन् । आतंकवादको कुरा गर्ने हो भने पाकिस्तान स्वयं  पनि कम पिडित छैन ।


दक्षिण एशियाली क्षेत्रमा भारतकालागि भूटान भन्दा अर्को भरपर्दो छिमेकी नभएको र ती देशहरुमा चीनको बढ्दो प्रभावका कारण पनि भारतले सार्कलाई उपेक्षा गरेको अनुमान लगाउन सकिन्छ ।
सार्कको वर्तमान अध्यक्षमा नेपाल रहेकोले यसको सम्मेलन गराउने जिम्मा नेपालको हो । सार्कको कार्यालय पनि नेपालमा नै रहेको छ ।  नेपालले पटकपटक भारत समक्ष यसकोलागि प्रस्ताव राखिसकेको भएपनि भारतले पाकिस्तानलाई देखाऊंदै सार्कप्रति आफ्नो अनिच्छा देखाईसकेको छ । उसले नेपाललाई बिमेस्टिकको सम्मेलन चांडो आयोजन गर्न दवाव दिन थालेको छ । किनभने नेपालले बिमेस्टिकको सम्मेलन गत वर्ष नै आयोजन गर्नू थियो ।


सार्कको बदलामा भारत सन् १९९७मा गठन गरिएको बहुपक्षिय प्राविधिक र आर्थिक सहयोगकालागि  बंगालको खाडी “बिमेस्टिक”लाई प्राथमिकता दिन अग्रसर छ । यसमा बंगलादेश, भारत, भूटान, थाईल्याण्ड, श्रीलंका, म्यान्मार र नेपाल सदस्य छन् । भारतको यस्तो रवैयाले पाकिस्तान मात्र होईन सार्कको कान्छो सदस्य अफगानिस्तान पनि उपेक्षामा पर्ने देखिएको छ ।

 चीनको सामरिक उपस्थिती हिन्दमहासागर र दक्षिण पूर्वी क्षेत्रमा घनिभूत हुंदै गएकोले पनि भारतकानिम्ति पश्चिम भन्दा दक्षिणपूर्वी भाग रणनीतिक दृष्टिले महत्वपूर्ण मानिदै छ । भारतीय विष्लेशकहरुका अनुशार बिमेस्टिक स्थल र जलसंजालका दृष्टिले पनि धेरै उपयुक्त रहेको छ ।
भारतले आफ्नो स्वर्थाकालागि अरु सदस्यहरुलाई उपयोग गर्न खोजेको भन्ने आरोप पनि लाग्ने गरेको छ ।               


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

भारत पाकिस्तान तनाव ः युद्ध विराम मात्र होईन, संवादको विकल्प छैन

भारत—पाक तनाव ः भारतीय मुख्य धारा की मिडिया का छिछोरापन

भारत पाकिस्तान टकराव पर सवाल क्यों उठ रहे हैं ?