संदेश

गुटबन्दी लेबल वाली पोस्ट दिखाई जा रही हैं

गुटहरुले नेकपालाई धराशायी बनाउने बढ्दो संभावना

चित्र
नेकपा नेतृत्वले समयमै सजग नहुने हो र गुटहरुको हवामा मात्र हिंड्ने हो भने दई तिहाई मत लिएर संसदमा छिरेको नेकपा ले आन्तरि गुटबन्दी का कारण जनतालाई निराश नै बनाउने देखिन्छ ।  उपसभामुख शिवमाया तुम्बाहाम्फेले लामो रस्साकस्सीपछि राजिनामा दिएर नेकपाकालागि सभा सभामुख चयनकालागि मार्गप्रसस्त गरिदिएकी छन् । तत्कालिन माओवादी केन्द्रका तर्फबाट सभामुख चयन भएका कृष्णबहादुर महरा यौनकाण्डको आरोप लागेपछि पद छोड्न बाध्य भएपछि सभामुख पद रिक्त भएको थियो । शिवमाया तत्कालिन एमालेका तर्फबाट उपसभामुख बनेकी थिईन । अब यी दुवै पार्टीहरु पछि एकिकृत भैसकेपछि दुवै पदमा एउटै दलको नियुक्ती हुन नसक्ने संवैधानिक प्रावधान छ । उसो त पार्टी एकिकरण भैसकेपछि नेकपाले सभामुख र उपसभामुख मध्ये एक पद छोड्नु वांछनिय थियो तर नैतीकताको पालनालाई नेपालका राजनीतिक पार्टीहरुले महत्व दिन चाहेको देखिंदैन । नेकपाले शिवमायालाई राजिनामा दिन लगाएर सभामुखमा अर्को उम्मेदवार दिने मनस्थिति बनाएको थियो । जस अनुशार प्रधानमंत्री ओली नेता सुभाष नेम्वाङको पक्षमा थिए भने प्रचण्ड लागाएतको माओवादी समुह भने माओवादी समुहले पाएको पद माओवादीले...