संदेश

गोविन्दकेसी लेबल वाली पोस्ट दिखाई जा रही हैं

असंयमित र अराजकताको मारमा केसीको अनशन

 बाबुराम पौड्याल     गोविन्द केसी को अनशन र सरकारको अडानले समस्याले अझै सकारात्मक दिशा लिन सकेको छैन । समाजवाद र साम्यवादको लक्ष्य लिएको बताउनेहरुको सरकार स्वस्थ्य क्षेत्रमा पनि निजी क्षेत्रको वकालतमा लागेको जस्तो देखिन आएको छ भने निजी क्षेत्रको वकालत गर्दैआएको प्रतिपक्षी नेपालीकांग्रेसले वामपंथी समाजवादको नारा उराल्न लागेको देखिंदैछ । राजनितिक दलहरुमा सांच्ौ वैचारिक सोचमा परिवर्तन आएको हो कि मौसमी बाजा बजाउने लहड चलेको हो — चारैतिर भ्रम फैलिएको छ यतीबेला । उसो त संविधानले पनि निजी क्षेत्रलाई समेट्ने बाटो प्रसस्त नगरेको होईन तर यसबेला त्यतातिर बहस चलिरहेको छैन ।     बहस तल्लो स्तरको आरोप प्रत्यारोपमा नै अल्झिएको छ अझैसम्म । केसी भन्छन् , पहिला संसदमा दर्ताभएको विधेयक फिर्ता गर अनिमात्र म भात खान्छु नत्र मरिदिन्छु । सरकार भन्छ पहिला खाना खाऊ र प्राण बचाउ अनिमात्र वार्ता गरौं । उता कांग्रेस सडकमा चारतारे झण्डा लिएर भन्दैछ हामीले पारित गरेको अध्यादेश जस्ताको तस्तै संसदमा पेश गर । उता, सरकार भन्छ, हाम्रो दर्ता भएको विधेयकमाथि संसदमा संंसोधन प्...

गोविन्द केसी प्रकरणः हठ त्यागौं

चित्र
                    बाबुराम पौड्याल            डा. गोविन्द केसी दुर्गमको पर्याय मानिने जुम्ला गएर अनशन गरिरहेका छन् । नेपालको मेडिकल शिक्षाको क्षेत्रलाई व्यवस्थित गर्न विगतमा माथेमा नेतृत्वमा गठित कार्यदलले दिएको प्रतिवेदन अक्षरश पालन गर्नूपर्ने माग राखेर उनि पन्द्रौंपटक अनशनमा बसेका हुन । उनको प्रयासमाथि शंका गर्नुपर्ने ठाउं देखिंदैन । उनिसंग भएको महत्वपूर्ण पूंजी भनेको उनको सादा जीवन र उनको व्यक्तिगत स्वार्थको दायरा एकदमै सिमित हुनु हो — यसमा प्रश्न उठाउने ठाउं छैन ।    चाकडी, चापलुसी, कमिशनखोरी र मुनाफाखोरीको समुन्द्रमा उनको निष्ठाको उचाई धेरै फराकिलो छ । उनको यो पोजिशनबाट फाईदा लिन उनलाई कसैले उपयोग गर्ने प्रयत्न कही कतैबाट भएको छ कि भनेर चनाखो रहनुपर्ने बेला पनि हो यो ।         लामो समयदेखि चल्दै आएको राजनीतिक अस्थिरताले मौलाउने मौका पाएको अराजकता र माफियातन्त्रले देशको कुनै क्षेत्रलाई ब...