असंयमित र अराजकताको मारमा केसीको अनशन
गोविन्द केसीको अनशन र सरकारको अडानले समस्याले अझै सकारात्मक दिशा लिन सकेको छैन । समाजवाद र साम्यवादको लक्ष्य लिएको बताउनेहरुको सरकार स्वस्थ्य क्षेत्रमा पनि निजी क्षेत्रको वकालतमा लागेको जस्तो देखिन आएको छ भने निजी क्षेत्रको वकालत गर्दैआएको प्रतिपक्षी नेपालीकांग्रेसले वामपंथी समाजवादको नारा उराल्न लागेको देखिंदैछ । राजनितिक दलहरुमा सांच्ौ वैचारिक सोचमा परिवर्तन आएको हो कि मौसमी बाजा बजाउने लहड चलेको हो — चारैतिर भ्रम फैलिएको छ यतीबेला । उसो त संविधानले पनि निजी क्षेत्रलाई समेट्ने बाटो प्रसस्त नगरेको होईन तर यसबेला त्यतातिर बहस चलिरहेको छैन ।
- बाबुराम पौड्याल
बहस तल्लो स्तरको आरोप प्रत्यारोपमा नै अल्झिएको छ अझैसम्म । केसी भन्छन् , पहिला संसदमा दर्ताभएको विधेयक फिर्ता गर अनिमात्र म भात खान्छु नत्र मरिदिन्छु । सरकार भन्छ पहिला खाना खाऊ र प्राण बचाउ अनिमात्र वार्ता गरौं । उता कांग्रेस सडकमा चारतारे झण्डा लिएर भन्दैछ हामीले पारित गरेको अध्यादेश जस्ताको तस्तै संसदमा पेश गर । उता, सरकार भन्छ, हाम्रो दर्ता भएको विधेयकमाथि संसदमा संंसोधन प्रस्ताव हल्नोस त्यहीं वैधानिकरुपले किनारा लगाऊं । संसदमा सत्तापक्षको बलियो बहुमत छ त्यसैले कांग्रेसले संसद अवरोध गरिरहेको छ । त्यसमाथि चिकित्सकसंघ स्वयं पनि गोविन्दकेसी बन्न पुगेको देखिन्छ । डाक्टर साहेवहरु आमजनताको स्वास्थ्यलाई बेवास्ता गर्दै अस्पताल बाहिर निस्किएर निन्दनिय काम गरिरहेका छन् । अस्पतालमा कुनै दुर्घटना भैहालेमा के दुर्दशा होला भन्ने उनिहरुले सोचेका छैनन् । त्यतिबेला अपयश पुरै सरकारको टाउकोमा फाल्ोर उम्किन उनिहरुलाई सजिलो हुने छैन ।
नागरिक समाजका अब्बल नागरिक पनि मध्यस्थता र स्वस्थ्य बहसको पैरवी गर्न छोडेर धर्ना र भाषण गर्दै हिंडेको देखिएको छ । यो नारा जुलुस गर्ने कार्य राजनीतिक दलहरुलाई नै छाडिदिए हुन्छ ।
लामो समय मौन रहेका नेकपाका अध्यक्ष प्रचण्डले गोविन्द केसीका पक्षमा केही बोल्नेछन् र समस्याले किनारा पाउने छ भनेर सोच्नेहरु पनि धेरै थिए किनभने अध्यादेश नेका र माओवादीको संयुक्त सरकारका समयमा ल्याईएको थियो । तर, पुष्पलाल स्मृति समारोहमा उनले पनि केसीको अनशन नेपालीकांग्रेसको छायांमा भैरहेको भन्दै कांग्रेसप्रति आक्रोस पोखे । कांग्रेसले बामपंथी समर्थकहरुले चलाउन आशयपत्र लिइसकेका मेडिकल कलेजहरु माफियाहरुका भएका हुनाले उनिहरु र अबदेखि मेडिकल कलेज बन्द गरिनु पर्ने बताउंदै आएको छ । यसरी यो समस्या आम धरातलबाट चिप्लिएर राजनितिक पोष्टतिर लगिएको छ । जहांबाट यसको समाधान संभव छैन ।
गलत राजनीतिको विताण्डाबाट देशले धेरै हण्डर खाईसकेको छ । यो समय भनेको स्वस्थ्य संसकारको शुरु गर्नपर्ने महत्वपूर्ण समय हो । यसबेला संवादलाई सवैले महत्व दिनु आवश्यक छ । अराजकताका छिद्रहरुलाई निकासको बाटोको रुपमा प्रयोग गर्न थालियो भने झन् विकराल स्थिती उत्पन्न हुनेछ । त्यसैले संयमित संस्कृतिको विकास गर्नु पहिलो आवश्यकता हो ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.