कोरोना अनुसन्धानमा अमेरीकाले चीनलाई आर्थिक सहयोग गरेको खुलासा

अहिलेको COVID-19 संक्रमणको उत्पती कसरी भएको हो भन्ने विवाद जारी छ । अमेरीकी राष्ट्रपति ट्रम्पको तथ्यविनाको हवादारी आरोप चुनाव जित्ने उद्देश्यले प्रेरित भए पनि यसको खोजी हुन जरुरी छ । WUHAN INSTITUTE OF VIROLOGY अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाईरस चीनले नै बनाएको र त्यसको प्रमाण आफु संग रहेको बताएका छन् । प्रमाणबारे गरिएको प्रश्नमा भने उनले केही बताउन चाहेनन् । यसको केही दिन पहिले अमेरीकी गुप्तचर संस्थाले आफुले अहिलेसम्म गरेको अनुसंधानमा भाईरस उहानको प्रयोगशालाबाट फैलिएको प्रमाण नभेटिएको बताएको थियो । गुप्तचर संस्थाको भनाईप्रति ट्रम्पको असहमति थियो यो । राष्ट्रपति र संवेदनशील गुप्तचर संस्थाबीचको मतभिन्नतालाई सामन्यतया सहज मानिंदैन तर अमेरीका उनले नभेम्बरमा हुने आगामि चुनावमा चीनले आफुलाई हराउन कोशिस गर्ने बताएरमा यो अचेल सामान्य भएको छ । उता अमेरीकी सचिव माईक पोम्पियो भने राष्ट्रपतिको समर्थन गरिरहेका छन् । महामारीका आडमा आगामि चुनावमा चीनलाई शत्रु देखाएर ट्रम्प महोदयले जित हासिल गर्ने रणनीति बनाएको बुझ्न गाह्रो छैन । कोरोना संक्रमण विरुद्ध ट्रम्पको...