कोरोना अनुसन्धानमा अमेरीकाले चीनलाई आर्थिक सहयोग गरेको खुलासा
अहिलेको COVID-19 संक्रमणको उत्पती कसरी भएको हो भन्ने विवाद जारी छ । अमेरीकी राष्ट्रपति ट्रम्पको तथ्यविनाको हवादारी आरोप चुनाव जित्ने उद्देश्यले प्रेरित भए पनि यसको खोजी हुन जरुरी छ ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाईरस चीनले नै बनाएको र त्यसको प्रमाण आफु संग रहेको बताएका छन् । प्रमाणबारे गरिएको प्रश्नमा भने उनले केही बताउन चाहेनन् । यसको केही दिन पहिले अमेरीकी गुप्तचर संस्थाले आफुले अहिलेसम्म गरेको अनुसंधानमा भाईरस उहानको प्रयोगशालाबाट फैलिएको प्रमाण नभेटिएको बताएको थियो । गुप्तचर संस्थाको भनाईप्रति ट्रम्पको असहमति थियो यो । राष्ट्रपति र संवेदनशील गुप्तचर संस्थाबीचको मतभिन्नतालाई सामन्यतया सहज मानिंदैन तर अमेरीका उनले नभेम्बरमा हुने आगामि चुनावमा चीनले आफुलाई हराउन कोशिस गर्ने बताएरमा यो अचेल सामान्य भएको छ । उता अमेरीकी सचिव माईक पोम्पियो भने राष्ट्रपतिको समर्थन गरिरहेका छन् ।
महामारीका आडमा आगामि चुनावमा चीनलाई शत्रु देखाएर ट्रम्प महोदयले जित हासिल गर्ने रणनीति बनाएको बुझ्न गाह्रो छैन । कोरोना संक्रमण विरुद्ध ट्रम्पको लापरवाहीपूर्ण रवैयाले उनको लोकप्रियतामा ठुलो ह्रास आएको विभिन्न सर्वेक्षणहरुले देखाईरहेका छन् । उनले अमेरीकामा भएको भयावह स्थितिप्रति पूर्ववर्ती सरकारहरुलाई जथाभावि दोष दिनेगरेका छन् । चुनाव जित्न उनले कोरोनाको क्षतिप्रति सम्पूर्ण दोष चीनको टाउकोमा खन्याएर त्यसको यश आफुले लिने हथकण्डा अपनाएका छन् । यद्यपि अनुसन्धानमा दोषी ठहरिएमा चीनमाथि आरोप लगाउनु स्वभाविक ठहरिन्थ्यो तर उनलाई यस्ता विषयमा कुनै चासो रहने गरेको देखिंदैन । आगामी चुनाव लड्न उनिसंग अर्को विकल्प पनि छैन ।
इरानसंग चलेको विवादमा पनि अमेरीका पछाडि सर्न वाध्य भएको थियो । पछिल्ला दिनहरुमा इरानसंग भएको पुराने सन्धीमा अमेरीका फेरि प्रवेश गर्ने प्रयासमा रहेको कुरा संचार माध्यमहरुले सार्वजनिक गरेका छन् । उसले अन्य पाँच महाशक्ति सहीत इरानसग गरेको परमाणु अप्रसार सम्झौताबाट एकतर्फि रुपले पछि हटेको थियो । उनि के बोल्छन् भन्ने कुराको ठेगाना नै नहुने देखिएको छ । यसैले पत्रकारहरुप्रति उनको चर्को आक्रोश देखिने गर्छ ।
अमेरीकी कोविद १९ महामारीबाट सबै भन्दा पिडित देश हो । सबै भन्दा पहिला संक्रमण शुरु भएको देश चीनमा यतिबेला स्थिति लगभग नियन्त्रणमा आईसकेको छ । तर, अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने विल्कुलै गम्भिर देखिंदैनन् । उनका कतिपय भनाइहरु देख्दा कतैबाट पनि शक्तिशाली देश अमेरीकाका राष्ट्रपतिको भनेर विश्वासै गर्न गाह्रो पर्ने खालका हुने गरेका छन् । उनले यसअघि नै नेपाल र भुटान भारतमा पर्दछन् भनेका थिए । उनका सहयोगीले ती स्वतन्त्र राष्टहुन् भन्दा होईन मलाई थाहा छ भनेर अड्डी कसेका थिए ।
सन् २००३को SARS ( Sever Acute Respiratory Syndrome) संक्रमण चीनको ग्वाङडुङमा पहिला देखिएको थियो । जसमा विश्वका २६ देशमा ८००० जनामा संक्रमण फैलिएको थियो । पछि चीन अमेरीका लगायत देशहरुले त्यसको भाइरस बारे अध्ययन थालेका थिए । यसकालागि चीनको उहान स्थित चीनको सबैभन्दा उन्नत प्रयोगशाला भएकोWUHAN INSTITUTE OF VIROLOGY को प्रयोगशालामा झण्डै १००० किलोमिटर उत्तरमा पर्ने येन्नानको कुनमिन भन्ने ठाँऊका ओडाररहरुबाट चमेराहरु छोपेर ल्याईएको थियो । चमेराहरुको स्वाब लिन पशुवैज्ञानिकहरुको सहयोग लिईएको थियो । यसो गर्न पूर्व जीव सम्बन्धि नैतिक समितिको पनि अनुमति लिईएको थियो भन्ने कुरा बृटेनबाट प्रकाशित डेलि मेलले उल्लेख गरेको छ ।
सन् २०११ देखि १५ सम्मको ३ वर्षमा विभिन्न मौसमहरुमा १० पटक चमेराहरु छोपेर ल्याईएको थियो । यो कार्य चीनले एक्लै गुप्त रुपमा गरेको पनि देखिंदैन । यो प्रयोगबाट निस्केको नतिजा बारे दुईबटा रिपोर्टहरु पनि प्रकाशित भै सकेको देखिन्छ । सन् २०१७मा पहिलो रिपोर्ट Discovery of a rich gene pool of Bat SARS- related corona virus provides new insights into the origin of SARS corona virus शिर्षकमा सार्वजनिक भएको थियो । यसैगरी २०१८ मा अर्को रिपोर्ट Fatal swine acute diarrhoea syndrome caused by HKU-2 related corona virus of bat origin शिर्षकमा सार्वजनिक गरिएको थियो । चीनमा २०१६मा सुंगुरहरुमा पनि एक खालको संक्रमण देखिएको थियो ।
कोरोनाभाईरस बारेको उक्त अनुसंन्धानमा अमेरीकी सरकारकोThe US National Institutes of Health (NIH) मार्फत् ३.७ मिलियन अमेरीकी डलर सहयोग गरिरहेको थियो भन्ने कुरा डेली मेलले सार्वजनिक गरेर सबैलाई आश्चर्यमा पारेको छ । संभवत त्यो संस्थाका तत्कालिन प्रमुख एन्टोनियो फाउची नै थिए । एकजान चिनिया डाक्टर काओ विनले ४१ जना संक्रमितहरु मध्ये १३ जनाको उहानको जीव बजारसंग जहाँबाट संक्रमण फैलिएको आशंका गरिएको थियो, कुनै सम्पर्क नरहेको जानकारी दिएका छन् । यदि यस्ता प्रमाणहरुलाई सत्य मान्ने हो भने जीव बजारबाट मात्र संक्रमण भएको कुरा पुष्टि हँुने देखिंदैन । अमेरीकाले चीनको उक्त प्रयोशालामा अमेरिकी सहयोग रहेको थाहा पाएपछि केही अमेरीकी सांसदहरुले सरकारप्रति आक्रोश व्यक्त गरेका थिए । मट गेजले यस्तो क्रुर कार्यमा जनताले कर तिरेको थाहा पाऊँदा साह्रै रिस उठ्यो । बृटेनस्थित चिनिया राजदूतावासले भने हतारोमा कुनै निष्कर्शमा विनै आरोप प्रत्यारोप अनुचित हुने प्रतिक्रिया दिएको छ ।
यो प्रकरणको अर्को डरलाग्दो पक्ष पनि देखिन्छ । सन् २०१४का अक्टोबरमा अमेरीकी सरकारले भाईरसमाथिको gain-of-function (GOF) अनुसन्धानमाथि रोक लगाएको थियो । GOF अन्तरगत भाईरसलाई अत्यधिक घातक बनाउने काम हुने गर्दथ्यो जसले गर्दा भाईरसहरुको संक्रमण हुने खतरा थियो । जसका कारण सन २०१४को जुलाईमा अमेरिकाको] Disease Control and Prevention (CDC) को प्रयोगशालामा दुर्घटनाहरु भएको हुँदा त्यहाँको सुरक्षामाथि गम्भिर प्रश्न उठाईएको थियो । GOF खारेज गरिनु अघिको अमेरीकी क्रियाकलापले भाईरसलाई शक्तिशाली बनाउने प्रयोजनमाथि पनि शंका गर्नु पर्ने देखिएको छ । अमेरीकाले आफु कहाँ GOF खारेज गरी त्यस्तै कार्यकालागि चीनको प्रयोगशालालाई आर्थिक सहयोग गर्नुको उद्देश्यमाथिको पर्दा पनि खोलिनु आबश्यक छ ।
महाशक्ति बन्ने होडमा रहेका चीन र अमेरीकाले मानव हितका लागि हो कि शक्ति आर्जन गर्न जुनसुकै मुल्य चुकाउन तयार भएका हुन् भन्ने तथ्यको खोजी गर्न बाँकी नै छ ।
![]() |
WUHAN INSTITUTE OF VIROLOGY |

टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.