नेपाल चीन बीच सामिप्यता बढ्दो

--बाबुराम पौड्याल प्रधानमंत्री खड्गप्रसाद ओली र चिनिया राष्ट्रपति सि जिम्पिङबीच असार ६ गते बुधवार ग्रेटहल अफ दि पिपुलमा भेटवार्ता सम्पन्न भएको छ । यस अगडि मंगलवार नेपाली प्रधानमंत्री ओली आफ्नो दलबलसहित बेइजिङ पुग्दा चीनले आफ्नो सरकारका तल्लो वरियताका व्यक्तित्वलाई स्वागत गर्न पठाएकोले स्वागतलाई चिसो स्वागत भनेर टिप्पणी गरिएको थियो । चीन र भारतबीच विगत केही समयदेखि बढ्दो कुटनीतिक निकटताले गर्दा चीनको नेपाललाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको हो कि भन्ने शंका गरिएको भएपनि त्यसपछि भने चीनले त्यस्तो महसुस हुन नदिएको बताइएको छ । बुधवारको उच्चस्तरिय वार्तामा कनेक्टिभिटीले नै सबैभन्दा बढी महत्व पाएको देखिएको छ । चिनिया रेल नेपाल ल्याउने भन्ने सपनाको भरमा राजनीतिक लोकप्रियता आर्जन गर्दै आएका प्रम ओली र दक्षिण एशियासंग घनिभूत रुपले जोडि...