संदेश

विद्यादेवीभण्डारी लेबल वाली पोस्ट दिखाई जा रही हैं

राष्ट्रपति भण्डारीको चीन भ्रमण महत्वपूर्ण हुने विश्वास

चित्र
नेपालका राष्ट्रपति  विद्यादेवी भण्डारी को चीन भ्रमण र नेपालको तरफ बाट उनले बेल्ट एंड रोड सम्मेलनमा जनाउने  सहभागिता र ट्रांजिट र पारबहन सम्झौतालाई दिने अन्तिम रूप दिने कार्यले अमेरीका र भारतलाई सशंकित पार्ने देखिन्छ । महामहिम राष्ट्रपति भण्डारी   राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते राजकीय भ्रमणमा चीन जाँदै छिन् । नेपाल संघीय गणतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि चीनको निम्तोमा औपचारिक भ्रमणमा चीन जाने विद्यादेवी पहिलो राष्ट्रप्रमुख हु्न् ।  चीनमा रहँदा चीनको महत्वपूर्ण अन्तरराष्ट्रिय स्वरुपको परियोजना बेल्ट एण्ड रोडको दोस्रो अन्तरराष्ट्रिय सहयोग सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम पनि राष्ट्रपतिको रहेको छ । चीनमा आयोजित छ महिनासम्म चल्ने अन्तरराष्ट्रियस्तरको बागवानी प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी हुने र त्यहाँ रहेको नेपाल मण्डलको उद्घाटन गर्ने पनि कार्यक्रम रहेको छ । उनले बेल्ट एण्ड रोड सम्मेलनमा सहभागी हुन चीन पुगेका विभिन्न देशहरुका झण्डै चालिस सहभागी राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको छुट्टा छुट्टै बैठकलाई सम्बोधन गर्ने क...