राष्ट्रपति भण्डारीको चीन भ्रमण महत्वपूर्ण हुने विश्वास
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र नेपालको तरफ बाट उनले बेल्ट एंड रोड सम्मेलनमा जनाउने सहभागिता र ट्रांजिट र पारबहन सम्झौतालाई दिने अन्तिम रूप दिने कार्यले अमेरीका र भारतलाई सशंकित पार्ने देखिन्छ ।
महामहिम राष्ट्रपति भण्डारी |
राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते राजकीय भ्रमणमा चीन जाँदै छिन् । नेपाल संघीय गणतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि चीनको निम्तोमा औपचारिक भ्रमणमा चीन जाने विद्यादेवी पहिलो राष्ट्रप्रमुख हु्न् ।
चीनमा रहँदा चीनको महत्वपूर्ण अन्तरराष्ट्रिय स्वरुपको परियोजना बेल्ट एण्ड रोडको दोस्रो अन्तरराष्ट्रिय सहयोग सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम पनि राष्ट्रपतिको रहेको छ । चीनमा आयोजित छ महिनासम्म चल्ने अन्तरराष्ट्रियस्तरको बागवानी प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी हुने र त्यहाँ रहेको नेपाल मण्डलको उद्घाटन गर्ने पनि कार्यक्रम रहेको छ । उनले बेल्ट एण्ड रोड सम्मेलनमा सहभागी हुन चीन पुगेका विभिन्न देशहरुका झण्डै चालिस सहभागी राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको छुट्टा छुट्टै बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । नेपालका राष्ट्रपति र चीनका राष्ट्रपति बीच दुईपक्षिय महत्वपूर्ण वार्ता हुने र ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीले भारतीय नाकाबन्दीपछि तत्कालिन प्रधानमंत्री केपी ओलीले सन् २०१६मा गरेको पारवाहन प्रोटोकलमा गरेको सम्झौतालाई अन्तिम रुप दिने बताईएको छ । बहुप्रतिक्षित केरुङ काठमाण्डौ रेलमार्गको पनि निश्चितता निर्धारण हुनेछ । चीनले यस सन्दर्भलाई दिएको महत्वले नेपालले नै सक्रियता नदेखाएको अड्कल काटिदै आएको थियो ।
नेपालको अर्को छिमेकी भारत र अमेरीका नेपाल चीनसंग बढी नजिक नहोस् भन्ने चाहना राख्दै आएका छन् । अमेरीकाले नेपालका विदेशमंत्री प्रदीप ज्ञावलीलाई बोलाएर बिमेष्टिकमा नेतृत्व तहको सक्रियता अपनाउन नेपाललाई आग्रह गरेको छ तर नेपालले पनि त्यसवारे प्रष्ट नबोलेर र भारतद्वारा प्रस्तावित बिमेष्टिकका सदस्य देशहरुको संयुक्त सैन्य अभ्यासमा सहभागी नभएर चीनलाई वेवास्ता गर्न नसकिने संकेत दिएको छ । यसले उनिहरुको नेपालप्रतिको चासो स्पष्ट पार्छ । पछिल्ला वर्षहरुमा विमेष्टिक दक्षिणपूर्वी एशियामा चीनको बेल्ट एण्ड रोडलाई निस्तेज पार्न अमेरिकाको नेतृत्वमा प्रयोग गरिएको क्षेत्रिय संगठन हो । यसमा भारत जापान र अष्टे«लिया र अमेरिका मुख्यरुपले शामेल छन् ।
एकपक्षिय रुपमा भारतमाथि आश्रित रहेको नेपालमाथि भारतबाट चारपटक नाकाबन्दीको मार खेपेको नेपाल भने चीनलाई वेवास्ता गर्न नहुने पक्षमा छ तर भारत जस्तो नजिकको पारम्परिक छिमेकी र अमेरीका जस्तो सहयोगी देशको मनाशयका कारण अप्ठ्यारोमा परेको देखिन्छ । यही कारण हुनसक्छ नेपालले सन् २०१६मा चीनसंग गरिएका सम्झौताहरुलाई व्यवहारिक रुपदिन हतारो गर्न सकेको छैन । यस स्थितीमा राष्ट्रपति विद्यादेवी भण्डारीले चीनमा गर्ने अन्तिम सम्झौताले नयाँ र उत्साहित मोड दिने विश्वास गरिएको छ ।
नेपालका राष्ट्रपतिको चीनको राजकीय भरमणले चिनिया राष्ट्रपतिको बहुप्रतिक्षित नेपालको भ्रमणलाई सुनिश्चित गर्न बाटो खोल्ने आशा धेरैको रहेको छ। चिनिया राष्ट्रपति सिजीम्पिंगको नेपाल भ्रमणले नेपाल चीन सम्बन्धलाई नया उचाईमा लैजाने आशा धेरै नेपालीमा आशा देखिन्छ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.