संदेश

माओवादीविद्रोह लेबल वाली पोस्ट दिखाई जा रही हैं

माओवादी विद्रोहका नखुलेका पानाहरु

चित्र
बाबुराम पौड्याल    विद्रोह राज्यका नियम र कानुनभित्र रहेर विद्रोह संभव हुँदैन । माओवादी विद्रोह मा द्वन्दरत दुवै पक्षहरुबाट देशले क्षति वा लाभ लिए पनि मानवियताका विरुद्ध डरलाग्दा घटनाहरु घटे । तिनलाई कसरी संझिने, विर्सने वा सम्बोधन गर्ने भन्ने दुविधामा छ यतिबेला पनि देश । त्यस विद्रोहको यथार्थबाट आऊँदा दिनहरुमा देशले शिक्षा लिने कुराहरु पनि धेरै छन् ।    नेपालको इतिहासमा नै त्यो दशक सबै भन्दा बढी त्रासदियुक्त पनि   रह्यो । राज्य र विद्रोहीहरुको भिडन्तमा १७ हजार भन्दा बढी      नेपालीहरुको  ज्यान गयो । हजारौं निर्दोष र निरिहहरु समेत मारिए ।    तल्लोस्तरका शासनका संयन्त्रहरु ध्वंश भए नै जनसरोकारका      आधारभूत संरचनाहरु समेत ध्वंश पारिए ।        ठूलो विद्रोहबाट आएको नेकपा माओवादीको धार वर्तमानसम्म आईपुग्दा धेरै भंगालाहरुमा विभक्त भै छिन्नभिन्न भैसकेको छ । पुरानै काटमार र ध्वंशको धङधङी लिएर विप्लव भनिने नेत्रविक्रम चन्द एउटा समुह लिएर जंगलतिर छन् । माओबाद...