बेइजिंगको काठमाडौँलाई हेर्ने नीतिमा फेरबदलको संकेत

चिनिया दूतावास ले नेपाल को एक पत्रिका मा प्रकाशित फोटोलाई लिएर देखाएको आक्रोशले बेइजिंगको काठमाडौँलाई हेर्ने नीतिमा फेरबदलको संकेत गरेको आभास हुन थालेको छ। कान्तिपुर प्रकाशनको अंग्रेजी संस्करण द काठमाडौ पोष्टमा कोरियन हेराल्डबाट साभार गरी छापिएको इभो डाल्डरको लेखमा छापिएको मास्क लगाएको माओको फोटोप्रति नेपाल स्थित चिनिया राजदूतावासले विज्ञप्ती निकालेर आक्रोश व्यक्त गरेको छ । विज्ञप्तीमा उक्त पत्रिकालाई चीन विरोधी विचार संप्रषण गर्दै आएको बताउँदै त्यसका सम्पादकको समेत उत्ताउलो भाषामा आलोचना गरेको छ । पत्रिकामा आएका विचारहरुलाई आफुप्रतिकुल भएमा खण्डन गर्ने सिमा नाधेर कुटनीतिक मर्यादा विपरीतका शब्दहरु प्रयोग गरी प्रतिक्रिया जनाउनु अशोभनिय कार्य हो । चीनलाई मनपर्ने आलेखहरु मात्र पत्रिकामा छापिनु पर्छ भन्ने आग्रह उचित होईन । नेपाली जनता चीनप्रति सदाशयता राख्छन् भन्ने कुरा र पत्रकारिताको विचार स्वतन्त्रताप्रति दुतावासले हेक्का राख्न नसकेको देखिएको छ । नेपालप्रति सँधै शालिन जस्तो देखिंदै आएको चिनिया दूतावासबाट आएको पछिल्लो यो विज्ञप्तीले ...