संदेश

aayppa temple लेबल वाली पोस्ट दिखाई जा रही हैं

विरोधकाबिच सबरीमाला मन्दिरमा महिलाहरू प्रबेश गरे

चित्र
सबरीमाला मन्दिर भारतको केरला राज्यको राजधानी तिरुवन्तपुरमबाट एकसय पचहत्तर किलोमिटर दूरिमा रहेको पेरिया टाईगर अभयारण्यको सबरीमाला स्थित आयप्पा मन्दिर महिलाहरु लाई प्रवेश दिने वा नदिने भन्ने विवादका कारण केही समयदेखि चर्चामा रहँदै आएको छ । वर्षेनी दुईकरोडभन्दा बढी श्रद्धालु त्यहाँ दर्शन गर्न आउने गर्दछन् । दर्शनार्थीहरुमा पुरुषहरुको संख्या अत्यधिक हुने गर्दछ । महिलाहरुमा सानो उमेरका बालिकाहरु बृद्धाहरु मात्र आउने गर्दछन् । उक्त हिन्दु मन्दिरमा अहिलेसम्म रजस्वला हुने उमेरका महिलाहरुको प्रवेश वर्जित थियो । भगवान आयप्पा ब्रम्हचारी भएको हुनाले त्यस्तो उमेर समुहका महिलाहरुलाई मन्दिर प्रवेशमा प्रतिबन्ध लगाइएको विश्वास गरिंदै आएको छ ।  यसअघि केही जागरुक महिलाहरुले पटकपटक यो पन्दिरमा प्रवेश गर्ने असफल प्रयास गर्दै आएका थिए । हिन्दु परम्परामा महिलाहरु र तल्लो जातका भनिनेहरुप्रति यस्तैखाले कैयन प्रतिबन्धहरु लगाईने गरिंदै आएको पाईन्छ । नेपालमा पनि छाउपडी जस्ता विकृतीजन्य प्रथाहरु चल्दै आएको देखिन्छ । यो प्रथा विरुद्ध बेलाबखत अभियानहरु संचालन हुँदै आएका छन् । स्कन्धपुराणका अनुशार मोह...