विरोधकाबिच सबरीमाला मन्दिरमा महिलाहरू प्रबेश गरे



सबरीमाला मन्दिर
भारतको केरला राज्यको राजधानी तिरुवन्तपुरमबाट एकसय पचहत्तर किलोमिटर दूरिमा रहेको पेरिया टाईगर अभयारण्यको सबरीमाला स्थित आयप्पा मन्दिर महिलाहरुलाई प्रवेश दिने वा नदिने भन्ने विवादका कारण केही समयदेखि चर्चामा रहँदै आएको छ । वर्षेनी दुईकरोडभन्दा बढी श्रद्धालु त्यहाँ दर्शन गर्न आउने गर्दछन् । दर्शनार्थीहरुमा पुरुषहरुको संख्या अत्यधिक हुने गर्दछ । महिलाहरुमा सानो उमेरका बालिकाहरु बृद्धाहरु मात्र आउने गर्दछन् । उक्त हिन्दु मन्दिरमा अहिलेसम्म रजस्वला हुने उमेरका महिलाहरुको प्रवेश वर्जित थियो । भगवान आयप्पा ब्रम्हचारी भएको हुनाले त्यस्तो उमेर समुहका महिलाहरुलाई मन्दिर प्रवेशमा प्रतिबन्ध लगाइएको विश्वास गरिंदै आएको छ ।

 यसअघि केही जागरुक महिलाहरुले पटकपटक यो पन्दिरमा प्रवेश गर्ने असफल प्रयास गर्दै आएका थिए । हिन्दु परम्परामा महिलाहरु र तल्लो जातका भनिनेहरुप्रति यस्तैखाले कैयन प्रतिबन्धहरु लगाईने गरिंदै आएको पाईन्छ । नेपालमा पनि छाउपडी जस्ता विकृतीजन्य प्रथाहरु चल्दै आएको देखिन्छ । यो प्रथा विरुद्ध बेलाबखत अभियानहरु संचालन हुँदै आएका छन् ।
स्कन्धपुराणका अनुशार मोहिनीरुपी विष्णु र शिवको समागमबाट आयप्पाको जन्म भएको थियो । त्रेतायुगमा परशुरामले सबरीमालामा भगवान आयप्पाको मूर्तिस्थापना गरी पुजाअर्चना गरेका थिए । रामायणकी सबरीको सन्दर्भ पनि यो मन्दिरसंग जोडेको पाईन्छ ।
सड़कमा महिलाहरुको विरोध 
गत २८ सेप्टेम्बरका दिन अदालतले मन्दिरमा महिलाहरुलाई प्रवेश गर्नबाट बंचित गर्न नहुने निर्णय सुनाएको थियो । अदालतको यस्तो फैसलाले श्रद्धालुहरुलाई आक्रोशित बनाएको छ । राज्य सरकारले पनि अदालतको निर्णयको पालन गर्ने गराउने प्रतिबद्धता जनाएको थियो । यसै भरोसामा गएको २४ दिसंम्बरका दिन महिलाहरुको एउटा समुहले मन्दिर प्रवेश गर्ने प्रयास गरेको भएपनि ठुलो भीडको अवरोधका कारण उनिहरु सफल हुन सकेनन् । महिलाहरुले पनि सडकमा मानव साङ्लो बनाएर प्रतिवाद गर्दै आईरहेका थिए । यहि पौष दुई गते बुधवारका दिन बिहानै साढे तीनबजे दुईजना महिलाहरु मन्दिर प्रवेशगर्न सफल भएका छन् । त्यसबेला मन्दिरमा श्रद्धालुहरुको ठुलो उपस्थिती थिएन र भएका मध्ये कसैले पनि उनिहरुलाई मन्दिर प्रवेशगर्न अवरोध पनि गरेनन् ।

मन्दिर प्रवेश गर्ने दुईजना महिलामा बयालिस वर्षिया विन्दु कलेजकी लेक्चरर र भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) की कार्यकर्ता हुन् । अर्की चौवालिस बर्षिया कनकदुर्गा सामाजिक कार्यकर्ता हुन् । उनिहरुको यो प्रयासलाई भारतका नारीवादीहरुले प्रसंसा गरेका समाचार आईरहेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी र प्रतिपक्षी कांग्रेसले भने महिलाहरुको कदमलाई मर्यादा विपरित बताउँदै आएका छन् ।  




    




टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष