चीन र म्यानमारबीच बढ्दो निकटताले पार्न सक्ने प्रभाव

चीन र म्यानमार बीच बढ्दो निकटता हिन्दमहासगर मा चीनको प्रभाव विस्तार हुने देखिएको छ । यो स्थिति अमेरीका र भारत कालागि चिन्ताको विषय हो। चिनिया राष्ट्रपति सी जिम्पिङ जनवरी १७ र १८ गते म्यानमारको औपचारिक भ्रमण गरेका छन् । चिनिया राष्ट्रपतिको यो स्तर औपचारिक भ्रमण १९ वर्षपछि भएको हो । सत्तरीवर्ष पहिला शुरु भएको दुई देशबीचको औपचारिक सम्बन्धले नयाँ उचाई पाएको उल्लेख दुवै देशले गरेका छन् । भ्रमणको अन्त्यमा जारी १३ बुँदे संयुक्त वक्तव्यमा चीनले अगाडि बढाऊँदै आएको बीआरआईप्रति दुवै देशले एक्यबद्धता जनाएको कुरा उल्लेख भएको छ । चाइना म्यानमार आर्थिक कोरिडोरलाई म्यानमारको समुन्नति तथा दुवै देशको पक्षमा साझा प्रयासहरु गरिने प्रतिबद्धता पनि सार्वजनिक भएको छ । सिमा क्षेत्रमा विभन्न आर्थिक विकासका क्षेत्र बनाएर काम गर्ने सहमति भएको छ । म्यामार यतिबेला रोहिंगिया मुसलमानहरु प्रति अत्याचार गरेको भन्ने संयुक्त राष्ट्रसंघ लगायत पश्चिमा देशहरुले लगाएको चर्को आरोपको सामना गरिरहेको छ । यद्यपि म्यानमारले यो आरोपको खण्डन गर्दै आईरहेको छ । यो स्थितीमा म्यानमारसंग चीनसंग सम्बन्ध बढाउनुको विकल्प नरहेक...