संदेश

आत्महत्या लेबल वाली पोस्ट दिखाई जा रही हैं

रवि लामिछाने प्रकरण - न्याय भीडमा नहराओस

चित्र
मृतक सालिग्राम  पुडासैनीको साथबाट बरामद विडियोमा उनको भनाईले रवि लामिछाने   दोषी देखिएका छन् भने उक्त  विडियोको प्राविधिक पक्षमा सन्देह गर्ने पक्षहरू पनि देखिन्छन । यसको सत्यापन निष्पक्ष र इमान्दार अनुसन्धानबाट मात्र सम्भव छ ।  मृतक पुडासैनी   केही महिना अगाडीसम्म न्यूज २४ टेलिभिजनबाट प्रसारण भैरहेको चर्चित कार्यक्रम सिधा कुरा जनतासंगको टीममा रहेर काम गरेका पत्रकार शालिकराम पुडासैनीको चितवनको एक लजमा भएको आत्महत्या जस्तो देखिने रहस्यमय मृत्यूलाई लिएर यतिबेला फेरि सडक तात्न थालेको छ । उक्त कार्यक्रमका प्रस्तोता चर्चित पत्रकार रवि लामिछाने हुन् । पुडासैनीको साथमा रहेको भिडियोमा उनले रविका कारण आफुले आत्महत्या गर्नुपरेको रुँदै बताएका छन् । पत्रकार रवि लामिछाने रबिलाई काठमाण्डौबाट अनुसन्धानकालागि प्रहरीले गरी चितवन ल्याईसकेको छ । प्रहरीबाट  गिरफ्तार  गर्नु स्वभाविक नै थियो र उनि गिरफ्तार पनि भए । उनले आफ्ना समर्थकहरुलाई उत्तेजित नहुन आग्रह गरेर जिम्मेदार व्यक्तिको परिचय दिएका छन् । किनभने यस्ता मामिलाको संवेदनशीलता र प्रकृयालाई...