रवि लामिछाने प्रकरण - न्याय भीडमा नहराओस

मृतक सालिग्राम पुडासैनीको साथबाट बरामद विडियोमा उनको भनाईले रवि लामिछाने  दोषी देखिएका छन् भने उक्त  विडियोको प्राविधिक पक्षमा सन्देह गर्ने पक्षहरू पनि देखिन्छन । यसको सत्यापन निष्पक्ष र इमान्दार अनुसन्धानबाट मात्र सम्भव छ । 

मृतक पुडासैनी
 केही महिना अगाडीसम्म न्यूज २४ टेलिभिजनबाट प्रसारण भैरहेको चर्चित कार्यक्रम सिधा कुरा जनतासंगको टीममा रहेर काम गरेका पत्रकार शालिकराम पुडासैनीको चितवनको एक लजमा भएको आत्महत्या जस्तो देखिने रहस्यमय मृत्यूलाई लिएर यतिबेला फेरि सडक तात्न थालेको छ । उक्त कार्यक्रमका प्रस्तोता चर्चित पत्रकार रवि लामिछाने हुन् । पुडासैनीको साथमा रहेको भिडियोमा उनले रविका कारण आफुले आत्महत्या गर्नुपरेको रुँदै बताएका छन् ।
पत्रकार रवि लामिछाने
रबिलाई काठमाण्डौबाट अनुसन्धानकालागि प्रहरीले गरी चितवन ल्याईसकेको छ । प्रहरीबाट  गिरफ्तार  गर्नु स्वभाविक नै थियो र उनि गिरफ्तार पनि भए । उनले आफ्ना समर्थकहरुलाई उत्तेजित नहुन आग्रह गरेर जिम्मेदार व्यक्तिको परिचय दिएका छन् । किनभने यस्ता मामिलाको संवेदनशीलता र प्रकृयालाई उनि राम्रोसंग परिचित छन् भन्ने कुरामा कुनै शंदेह गरिरहन आवश्यक छैन । यो उनले आफुलाई निर्दोष सावित गर्ने दिशामा कोशेढुंगा हुन सक्दछ । तर, सम्बन्धि सबैसंग बयान लिनु र भिडियोको सत्यतामाथि छानबीन हुन बाँकी हँुदै सडकमा उत्पात मचाएर अनुसन्धानलाई दिग्भ्रमित पार्ने खालका गतिविधि हुन थालेको देखिएको छ । रबिको जयजयकारमा निर्मलाको बलात्कार र हत्या प्रकरणमा दोषी जोगिईरहेको जस्तै पुडासैनीको मृत्युले पनि सत्यतासम्म पुग्न नपाउने हो कि भन्ने खतरा देखिएको छ ।

रबिले पत्रकारिता क्षेत्रमा हालसम्म देखाएको कर्मठतालाई हेर्दा सबैलाई लाग्नु स्वभाविक छ कि उनि निर्दोष छन् । तर, अनुसन्धानले पूर्णता नपाउन्जेल यो नै निर्दोषिताको एक मात्र प्रमाण भने हुन सक्दैन । सडकको अराजक भीडका कारण दिग्भ्रमित रहेको निर्मला बलात्कार र हत्या प्रकरणको बहसलाई नयाँ किनाराबाट शुरु गर्ने काममा रबि लामिछानेको पनि मेहनत परेको छ । उनलाई सडकको उत्तेजित भीड र अनुसन्धान कर्मका बीच रहेको भिन्नता र महत्वको हेक्का छैन भन्न सकिन्न । सडकको भीड आफै अनुसन्धाता,वकील, न्यायधिश भएर यस्ता मामिलाको कदापि निष्कर्ष निस्किंदैन भन्ने कुुराको उदाहरण निर्मला काण्ड हेरे पुग्दछ । निर्मला काण्डमा अमूर्त भीभीआईपीलाई दोषीे देखाउदै आएको सडकको भीडले अब सिंहावलोकन गर्ने आशा गर्न सकिंदैन । किनभने भीड उत्तेजनामा चल्ने कुरा हो । सिंहावलोकन गर्ने भनेको भीड भन्दा फरक त्यो समुह हो जोसंग विवेक र दायित्व दुवै हुन्छ । यो समूहको काँधमा अनुसन्धान प्रकृयालाई खबरदारी गरिरहने गहन दायित्व आएको छ, यतिबेला ।

नेपाल लामो समयदेखि राजनीतिक अस्थिरताबाट गुज्रिएको छ । त्यसले अराजक संस्कृतिलाई मलजल गर्दै आएको छ । राजनीतिक परिवर्तनहरु जस्तै अपराधका अनुसंधानका काममा पनि नाराजुलुस, ढुंगामुढा र बन्द जस्ता कृयाकलापले सत्य निरुपण गर्ने परम्परालाई मलजल गर्ने हो भने यो देशमा न्याय ठूलाबडा र नाम चलेकाहरुको नीजि सम्पत्ती रहने छ । यो कुराको सबैले हेक्का राख्न आवश्यक छ ।                      

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारत पाकिस्तान तनाव ः युद्ध विराम मात्र होईन, संवादको विकल्प छैन