संदेश

निरंकुश लेबल वाली पोस्ट दिखाई जा रही हैं

संवृद्धिविनाको राजनीति अपराध हो

       नेपाल मा परिवर्तनका नाममा सात सालमा निरंकुश , पुरातनपंथी र परिवारवादी भनिएको   राणातन्त्र फालियो बहुदलीय प्रजातन्त्र ल्याईयो । रैतीको नामोन्नती भएर प्रजा भए तर त्यो प्रजातन्त्रले आफुलाई बचाउन सकेन । संवैधानिक भनिएका राजाले त्यसलाई नेपाल र नेपाली सुहाउंदो नभएको भन्दै खारेज गरेर मोटो सुहाउँदो भन्दै निर्दलिय व्यवस्थाको शुरुआत गरे । प्रजा प्रजानै भैरहे ।  तीस वर्षसम्म पंचायतले राज गरयो । छयालिस सालमा प्रजाले अलिकती खुकुलो हुने चाहना राखे । राजा संवैधानिक दायराभित्र बस्न वाध्य भए । बैसट्ठी सालमा त प्रजाले राजालाई फालेर गणतन्त्र ल्याए र आफु जनता भए । क्रान्ति र परवर्तनको यो लामो सिलसिलाले नेपाल र नेपालीलाई जिस्क्यायो मात्रै । शान्ति र संवृद्धिको सपना भने जहांको त्यहीं नै रह्यो ।  भन्न त सकिएला शिक्षा स्वास्थ्य संचारमा देखिएको प्रगति सात साल अघि थियो र ? निश्चय पनि थिएन । तर छ दशक लामो राजनीतिक यात्रा गरिसकेको देशको प्रगति यतिमात्रै हुनुपर्ने हो र ? नेपाल भन्दा धेरै पछाडि रहेका दक्षिणपूर्वी एशियाका देशहरु र खाडीका देशहरु कहां पुगे भनेर ए...