संदेश

xijimping लेबल वाली पोस्ट दिखाई जा रही हैं

चिनिया राष्ट्रपति सिका वक्तव्यहरुले फैलाएको सनसनी

चित्र
चिनिया राष्ट्रपति सिजिम्पिङ ले दिएका पछिल्ला वक्तव्यहरुले बेईजिङ को मुडमा केही तातोपन चढेको विष्लेशण गरिएको छ । अमेरीका र चीन बीच विगत केही समयदेखि व्यापारिक विवाद चलिरहेको छ । चारैतिर विश्वको दोश्रो ठुलो अर्थतन्त्र मान्न थालिएको चिनियाँ अर्थतन्त्र मा नकारात्मक लक्षणहरु देखापरेको प्रचार भैरहँदा आएका सिका मन्तव्यहरुले चारैतिर एक किसिमको सनसनी फैलिएको छ । सन् १९७८ मा तत्कालिन चिनिया नेता देङसियाओपीङले चिनिया मौलिकतामा आधारित समाजवाद भन्दै खुला अर्थतन्त्रको शुरुआत गरेपछि चीनको अर्थतन्त्रले तीव्र विकास गर्दै आएको हो । उनले माओकालिन बन्द चीनको स्मरण गर्दै हरेक आवश्यक बस्तुहरु पाउन कुपन लिनुपर्ने कुरा अव इतिहास भएको बताए । उनले त्यो समयलाई विकासकोलागि पूर्वाधार भएको अभिव्यक्ति दिएर क्रमिकताको संदेश दिन खोजे । बेल्ट एण्ड रोड इनिसेटिभ सिको आफुले अघिसारेको महत्वकांक्षी परियोजना हो ।   चिनिया नयाँ मोडेलको अर्थतन्त्रको चालिसौं वर्षगाँठका अवसरमा ताईवानमाथि चीनको दावालाई कडा शब्दमा दोहा¥याउँदै कडाकदम चाल्न पछि नपर्ने जनाए । उनको यो भनाईको अमेरिका समर्थित ताईवानले खण्डन गर्दै ...