चिनिया राष्ट्रपति सिका वक्तव्यहरुले फैलाएको सनसनी






चिनिया राष्ट्रपति सिजिम्पिङले दिएका पछिल्ला वक्तव्यहरुले बेईजिङको मुडमा केही तातोपन चढेको विष्लेशण गरिएको छ । अमेरीका र चीनबीच विगत केही समयदेखि व्यापारिक विवाद चलिरहेको छ । चारैतिर विश्वको दोश्रो ठुलो अर्थतन्त्र मान्न थालिएको चिनियाँ अर्थतन्त्रमा नकारात्मक लक्षणहरु देखापरेको प्रचार भैरहँदा आएका सिका मन्तव्यहरुले चारैतिर एक किसिमको सनसनी फैलिएको छ । सन् १९७८ मा तत्कालिन चिनिया नेता देङसियाओपीङले चिनिया मौलिकतामा आधारित समाजवाद भन्दै खुला अर्थतन्त्रको शुरुआत गरेपछि चीनको अर्थतन्त्रले तीव्र विकास गर्दै आएको हो ।

उनले माओकालिन बन्द चीनको स्मरण गर्दै हरेक आवश्यक बस्तुहरु पाउन कुपन लिनुपर्ने कुरा अव इतिहास भएको बताए । उनले त्यो समयलाई विकासकोलागि पूर्वाधार भएको अभिव्यक्ति दिएर क्रमिकताको संदेश दिन खोजे । बेल्ट एण्ड रोड इनिसेटिभ सिको आफुले अघिसारेको महत्वकांक्षी परियोजना हो ।  
चिनिया नयाँ मोडेलको अर्थतन्त्रको चालिसौं वर्षगाँठका अवसरमा ताईवानमाथि चीनको दावालाई कडा शब्दमा दोहा¥याउँदै कडाकदम चाल्न पछि नपर्ने जनाए । उनको यो भनाईको अमेरिका समर्थित ताईवानले खण्डन गर्दै आपत्ती जनाएको छ । ताईवानले अन्तरराष्ट्रिय समुदायलाई यो कुरा अवगत गराएको छ । सिले चीन कसैको डिक्टेशनलाई नमान्ने प्रतिक्रिया दिएर ताईवानप्रति सहानुभूति राख्नेहरुलाई चेतावनी दिएका छन् । उनले जनमुक्ति सेनालाई सजग र तैयार रहन आहवान समेत गरेर सामरिकताको हाँक समेत दिन पछि परेनन् ।

एशिया प्रशान्त क्षेत्रमा चीन विरोधी शक्तिहरुको बढ्दो गतिविधि दक्षिण एशियामा पनि श्रीलंका र मालदीवमा केही असहजस्थिती देखिएको बेला चीनका शिर्षस्थ नेताबाट आएका यस्ता अभिव्यक्तिहरुलाई बेइजिङको कुटनीतिले आक्रमक मोड लिने संकेत पो हो कि भन्नेहरु पनि छन् ।

इतिबेलै उत्तर कोरियाली नेता किम बेईजिङको निमन्त्रणामा रेलमार्गबाट त्यहाँ पुगेका छन् । आफुले परमाणु कार्यक्रम स्थगित गरेर पनि उत्तरकोरियामाथि लगाऊंदै आएको नाकाबन्दी हटाउने काम अमेरीले नगरेको भन्दै परमाणु कार्यक्रम पुनसंचालन गर्ने चेतावनी दिएका उत्तरकोरियाली नेतालाई अमेरिकाले वार्ताकालागि उपयुक्त स्थान खोज्दै गरेको बताएर सामान्य वनाउन खोजेको थियो । त्यस लगतै उन बेईजिङ बोलाईएका हुन् । त्यहां उत्तर कोरिया र अमेरिकाको उच्चस्तरियवार्ता र कोरियाली प्रायःदीप वरपर चीन विरोधीहरुको  गतिविधिबारे पनि उच्चस्तरि वार्ता हुने विश्वास गरिएको छ ।             

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

भारत पाकिस्तान तनाव ः युद्ध विराम मात्र होईन, संवादको विकल्प छैन

भारत—पाक तनाव ः भारतीय मुख्य धारा की मिडिया का छिछोरापन

भारत पाकिस्तान टकराव पर सवाल क्यों उठ रहे हैं ?