संदेश

prajatantra लेबल वाली पोस्ट दिखाई जा रही हैं

भारतमा धनी झन् धनी र गरीब झन् गरीब

चित्र
भारत दक्षिणएशियाको सबैभन्दा ठुलो र दुनियाको सबैभन्दा ठुलो र मजबुत प्रजातन्त्र भएको देश हो । यसले अंग्रेजी उपनिवेशबाट सन् १९४७ मा मुक्ति पायो । त्यसपछि भारतले निरन्तर प्रजातन्त्रको अभ्यास गर्दै आएको छ । संसारको सबैभन्दा ठुलो लिखित संविधान भएको देश पनि भारत हो । झण्डै सात दशकदेखि भारत प्रजातन्त्रको अभ्यास गर्दै आएको भारतले तल्लोवर्गका मानिसहरुको जीवनस्तरमा सुधार ल्याउन सकेको देखिंदैन ।  अक्सफाम नामक संस्थाले हालै प्रकाशित गरेको असमानता सर्भेक्षण प्रतिवेदनले भारतमा अतिसम्पन्न ९ प्रतिशत मानिसहरुको अधिनमा देशको कुल सम्पत्ती मध्ये ५१.५३ प्रतिशत सम्पत्ती छ भने तल्लोवर्गका ६० प्रतिशत मानिसहरुसंग जम्मा ४.८ प्रतिशत सम्पती रहेको देखाएको छ । सन् २०१७ को तुलनामा २०१८मा उच्चवर्गको ९ प्रतिसतको सम्पतीको वृद्धिदर ३९प्रतिशत थियो भने निम्न ५० प्रतिशतको वृद्धिदर जम्मा ३ प्रतिशत मात्रै थियो । यो आश्चर्य र डरलाग्दो तस्विरले भारतले हासिल गरेको उच्चदरको प्रगतिको प्रतिफलले केवल उच्चवर्गको मात्रै प्रतिनिधित्व गरिरहेको देखिन्छ । सत्तरीवर्षदेखि प्रसंसा गरिंदै आएको प्रजातन्त्रले दिएको प्रतिफल निराशाजन...