यातायात प्रकरणः प्रम ओलीले मंत्री महासेठलाई बोलाए

प्रधानमंत्री केपी ओलीले सिण्डिकेट हटाउने सन्दर्भमा बाहिर आएको दुई तालुकवाला मंत्रीहरुबीच चलेको विवादवारे मंगलवार भौतिक योजना तथा यातायात मंत्री रघुवीर महासेठ र सचिवलाई बोलाएर तदारुकतासाथ काम गर्न कडा निर्देशन दिएका छन् । मंत्री महासेठले पनि अबको साताभित्र कार्यदलको प्रतिवेदन आउने बताउंदै कुनै कसर बांकी नराखिने वचन प्रधानमंत्रीलाई दिएका छन् । तर, पनि यसक्षेत्रमा भनिएको अनुशार समयमा काम हुन संभव देखिएको छैन । सिण्डिकेट हटाउने निर्णय गरेर लोकप्रियता हासिल गरेको वर्तामान सरकार पछिल्ला दिनहरुमा आफ्नो अडानबाट क्रमशः पछाडि हटेको भनेर आलोचना आलोचना गर्न थालिएको छ । आवश्यक गृहकार्यविना लहडकै भरमा गरिएको निणर्यका कारण उ आफै अन्योलतामा रहेको देखिन्छ । कार्यदल गठन गरेर असार मशान्तसम्म नया व्यवस्था अनुरुप व्यवस्थापन गर्ने भनेर बनाएको कार्यदलले असार सकिंनलाग्दा प्रतिवेदन बुझाउन समेत सकेको थिएन । गत चैत्र १८ गते यातायात व्यवस्था विभागले ...