नेपाली पारिवारिक सत्ताको पतन हुँदैछ

नेपाली कृषिप्रणालीले आफ्नो वर्चस्व गुमाईरहँदा नेपाली पारम्परिक पारिवारिक संरचना ले पनि अवसान को बाटो समात्न वाध्य हुनु परिरहेको छ। आजभोलि नेपाली पारम्परिक परिवारको संरचना दु्रत गतीमा बदलिंदै गैरहेको देखिंदै छ । पारम्परिक कृषिमा आधारित हजुरबा हजुरआमा, बाबु आमा र नाति नातिनाहरु सहितको परिवारको संख्या अचेल कम हुँदै गएको छ । सन् २०१८को तथ्यांक अनुशार कुल जनसंख्याको ८०.२६ प्रतिशत नेपालको जनसंख्या ग्रामिण क्षेत्रमा बसोवास रहेको देखाईएको छ । जबकि, सन् १९६०मा यो प्रतिशत ९६.५२ रहेको थियो । ग्रामिण अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषिमा आधारित जनसंख्याको प्रतिशत सन् २०११को सरकारी तथ्यांक अनुशार ८३ रहेको छ । पारम्परिक नेपाली समाजको जग कृषिप्रणाली मै टिक्दै आएको थियो । कृषिबाट पलायन भैरहेको स्थितिले पनि पारम्परिक परिवारको स्वरुप छिन्नभिन्न हँुदै गएको देखिन्छ । नेपाली पारम्परिक कृषि पद्धती समय अनुशार रुपान्तरित हुन नसक्नुले यसमा आश्रित परीवारका आवश्यकताहरु पुरा गर्न असफल हँुदै गएको देखिन्छ । यसैले कृषि कर्मप्रति मानिसहरुको विकर्षण बढ्दो छ । सरकारका तथ्यांकहरुमा देख...