संदेश

राजदूत# विनयमोहनक्वात्रा# लेबल वाली पोस्ट दिखाई जा रही हैं

नवनियूक्त भारतीय राजदूत क्वात्रालाई सफलताको शुभकामना

चित्र
 दिल्ली लाई खुशी राख्न पर्ने दायित्व र विदेशी शक्तिसंग झुक्दै आएको भन्दै सिंहदरवार लाई समेत  शंकाको घेरामा राख्दै आएका बहुसंख्यक नेपालीहरुको मतको दोधारमा नयाँ राजदूत विनयमोहन क्वात्रा ले काम गर्नु पर्ने देखिन्छ ।  विनयमोहन क्वात्रा नेपालकालागि भारतीय राजदूतका रुपमा नियुक्त भएर दिल्लीबाट काठमाण्डौ आएका छन् । महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेर लैनचौरको बागडोर उनले सम्हाली पनि सकेका छन् । आफ्नो कार्यकाल पुरा गरेर पूर्वराजदूत मंजिव सिंह पुरी फर्किए पछि सोही स्थानमा क्वात्राको आगमन भएको हो । नेपाललाई विषेश महत्व साथ हेर्दै आएको  भारतले आफ्नो दृष्टिमा कुशल कुटनीतिज्ञलाई नेपालमा राजदूतका रुपमा नियुक्त गर्दै आएको छ । यस परम्परालाई हेर्दा पनि तीस वर्ष भारतको कुटनीतिक क्षेत्रको अनुभव संगालेका राजदूत क्वात्रा नेपालका सन्दर्भ पनि कुशल कुटनीतिज्ञ ठहरिएलान भन्ने आशा गर्न सकिन्छ । नेपालमा चीन अमेरीका र अन्य विदेशी राष्ट्रहरुको बढ्दो स्वार्थका कारण र भारतले आफ्नो निम्ति पनि अति संवेदनशील मान्दै आएको नेपालमा सक्रिय उपस्थितिको...