व्यवस्थित बहस विनाको लोकतन्त्र

बाबुराम पौड्याल नेपाल लगायतका लोकतान्त्रिक भनिने देशहरुमा जनताको पक्षमा बहस गरेर उचितलाई पैल्याउने उद्देश्यले चुनेर पठाईएका प्रतिनिधिहरुबाट बहसको थलो मानिएको संसदमा झैझगडा गर्ने र हातपात समेत गर्ने अथवा अल्पमतप्रति असहिष्णु बन्ने घटनाहरुले लोकतन्त्रको नै धज्जि उडाईरहेको देखिन्छ । बहसमा ब्यस्त युवाहरु तर्कवितर्क र संवादबाट सत्यलाई जान्न सकिन्छ भन्ने मान्यता पूर्वीय तर्क दर्शनको मान्यता हो । वादे वादे जायते तत्वबोध भन्ने कथन उपनिषदमा उल्लेख भएको देखिन्छ । ज्ञान साधकहरु तर्कका माध्यमबाट शास्त्रार्थ गर्ने र तर्कबाट सत्य सावित गर्ने प्रचलन प्राचीनकालमा मिथिला लगायत देशमा प्रचलनमा रहेकोे प्रमाण पाईन्छ । आर्यवर्तमा बहसको प्राचिन परम्परा थियो । बहस उचित निष्कर्शकानिम्ति गरिने प्रकृया हो । उचित अध्ययन र अनुशासनविना बहसमा भागलिन संभव हँदैन । ज्ञानविनाको सार्थक बहसमा भागलिर्नै सकिंदैन । केवल भजन, स्तुति, नारा जुलुस र जयजयकार मात्र गर्न सकिन्छ । त्यसभन्दा अरु मारपीट, झैझगडा, गाली गलौज गर्नसकिन्छ । अध्ययन नगरिकन ज्ञान नहुने र ज्ञान आजर्न नगरिकन बहस संभव नहुने भएकोले द...