नेकपा एमालेमा च्यातिएका मनहरुकाे वार्ता : काशी जाने कुतीकाे बाटाे ?

यतिबेला नेपाली घर आँगनमा कोरोनाले मृत्यूको ताण्डब मच्चाईरहेको छ । अस्पतालमा बिरामी राख्ने ठाँऊ, अक्सिजन, आईसीयु, भेन्टिलेटरको अभाव छ । मानिसहरुले धमाधम ज्यान गुमाई रहेका छन् । यस्तो समय नेपालका सत्तारुढ र ईतर राजनीतिक शक्तिहरु एकजुट भएर संकटका विरुद्ध जुध्न पर्ने हो तर उनिहरु सत्ता गिराउने र जोगाउने काममा समय फालिरहेका छन् । कोरोनाको संकटबीच नेपालको राजनीतिमा देखिएको अस्वस्थ सक्रियता आफैमा निन्दनीय छ । फेरि पनि यस्ताे हरकत जारी छ । प्रधानमंत्री ओलीले बैशाख २७ गते संसदबाट विश्वास हासिल गर्न विफल भएपछि राजनीतिक दलहरुबीच नयाँ सरकार गठनकालागि दौडधूप बढ्नु स्वभाविक थियो । तर, दौडधूपका बावजुद पनि निर्धारित समय बैशाख ३० गते राती ९.३० बजेसम्म आफ्नो औपचारिक दावी राष्ट्रपति समक्ष पेश गर्न नसकेपछि विपक्षीहरु पछि हट्न वाध्य भए । यसरी फेरि केपी ओली नै प्रधानमंत्री बनेका छन् र उनले पुरानै सहयोगीहरुलाई लिएर मन्त्रिमण्डल गठन गरेका छन् । सुत्रका अनुशार, माधव नेपाल पक्षका केही र जसपाका केही व्यक्तिहरुलाई...