संदेश

Prithivi Narayan Shah लेबल वाली पोस्ट दिखाई जा रही हैं

सन्दर्भ पृथ्वी जयन्ती : इतिहासप्रति बेईमानी नगरौं

चित्र
        माओवादी रक्तपातपूर्ण संघर्षको नेपाली राजनीतिको मूलधारमा अवतरणसंगै नेपालमा चल्दै आएको राजतन्त्र र त्यसको इतिहासमाथि नै बहसको शुरुआत भयो । त्यसपछिका हरेक वर्षको पौष महिना शुरुहुने बित्तिकै यो बहसले तीव्रता पाऊँने गरेको छ । किनभने आधुनिक नेपालको एकिकरणको शुरुआत गर्ने गोरखाका राजा पृथ्वीनारायण शाह को जन्म वि.सं. १७७९ पौष २७ गते भएको थियो । गणतन्त्रको तानाबाना शुरु नहुन्जेलसम्म यो दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा देशभरी मनाउने चलन थियो । अरु कुरामा विमति भएपनि नेपाल एकिकरणको अभियान्ता पृथ्वीनारायण शाह हुन् भन्ने कुरामा विमति देखिंदैन । एकिकरणका क्रममा दमन, रक्तपात भएकोले उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवस मान्न नहुने नयाँ तर्कहरु सतहमा आएका देखिन्छन् । माओवादी राप र तापको समयमा एकदिन माओवादीका केही ठिटाहरुले पोखराबाट सोह्र किलोमिटर पूर्वमा रहेको राजाको चौतारा भनिने ठाँऊलाई अब उप्रान्त जनताको चौतारा भनिनु पर्ने अन्यथा कारवाही गरिने उर्दी जारी गरे । उनिहरुले मिल्नेभए वर्णमालावाट र र ज जस्ता अक्षरहरु हटाउने उर्दी जारी गर्थे होलान् । शान...