संदेश

राजपा लेबल वाली पोस्ट दिखाई जा रही हैं

घेरिदै मधेश केन्द्रित राजनीति

चित्र
राजपा र नेकपाको राष्ट्रियसभा चुनावमा सहकार्यले  मधेश केन्द्रित राजनीतिमा नया संकेतहरू गोचर भैरहेका छन्। राष्ट्रिय जनता पार्टी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय सभामा रिक्त हुन गैरहेका स्थानको चुनावमा सहकार्य गर्ने सम्झौता गरेका छन् । गत आमचुनावमा बहुमत ल्याएको ओली नेतृत्वको नेकपा सरकारलाई विश्वासको मत दिएको राजपाले आफ्नो संविधान संशोधन लगायतका मागहरुलाई वेवास्ता गरेको भन्दै पछि मत फिर्ता लिएको थियो । प्रधानमंत्री आलीले राजपालाई सरकारमा शामेल हुन प्रस्ताव पनि राखेका थिए तर आफ्ना मागहरु पुरा नहुँदासम्म सरकारमा शामेल नहुने अडान राजपाले लिंदै आएको थियो । मधेशप्रति नरम दृष्टि राख्ने तत्कालिन माओवादी केन्द्र र अनुदार मानिने नेकपा एमालेको एकिकरण भएपछि बनेको नेकपाप्रति राजपाको असन्तुष्टी बेलाबखत प्रकट भै नै रहेको थियो । यो परिदृश्यमा यी दुई पार्टीहरुबीच सहकार्य हुनुले मधेशको राजनीतिमा नयाँ परिस्थिति उत्पन्न हुने संभावनाहरु देखिएको छ । राजपाले जस्तै संविधान संशोधनको माग राख्दै आएको मधेशको अर्को प्रभावशाली दल  समाजवादी भने फरक धारणाकाबीच सरकारमा शामेल भएको ...