गरीबी निवारणका प्रयासहरु : बालुवामा पानी

अहिले नेपाळमा सरकारी तथ्यांक अनुशार २३ प्रतिशतको हाराहारीमा गरीबी रहेको देखिंन्छ । गैरसरकारीक्षेत्रका अनुसार यो तथ्यंाक अझै बढ़ी देखिन्छ। नेपालमा गरीबी निवारणका क्षेत्रमा धेरै अगाडिदेखि नै प्रयास भैरहको देखिए पनि त्यस अनुशारको प्रतिफल नदेखिएको यर्थाथ हो । त्यसमा लक्षित वर्ग पहिचान नगरिकन विकासको मात्र कुरा गरिदै आएको हुनाले यस्तो भएको अनुमान गर्न सकिन्छ । राज्यका संयन्त्रहरुमा विभिन्न उचित अनुचित तत्वहरु हावी हुनेगरेकोले पनि विकासका नाममा जाने श्रोत र साधनहरुमा हुनेखानेहरुकै हालीमुहाली रहंदै आएको देखिंदै छ । अहिले देशमा सरकारी तथ्यांक अनुशार २३ प्रतिशतको हाराहारीमा गरीबी रहेको देखिंन्छ । पछिल्ला वर्षहरुमा लक्षित वर्गको पहिचान नगरीकन लक्ष्य हासिल गर्न नसकिने भन्ने कुरा सर्वत्र महसुस भएको छ । जाती धर्म सम्प्रदाय र भूगोल विषेशका कारणले गर्दा नै गरीबी अपेक्षा अनुशार घट्न नसकेको भन्ने अर्को धारणाको पछिल्ला दिनहरुमा बलियो रुपमा विकास भैरहेको छ । तर, यो अवधारणले पनि सम्पूर्ण लक्षित वर्गलाई सम...