पूर्वोत्तरभारतका नेपालीहरु— 2
पृष्ठभूमिः Kamakhya Temple In Guwahati नेपालमा भएका सबैजसो महत्वपूर्ण राजनीतिक परिवर्तनहरुमा भारतमा रहेका नेपालीहरुको पनि महत्वपुर्ण भूमिका रहंदै आएको छ । यो भूमिका नेपालमा राणाहरुको जहानिया शासन विरुद्धको संघर्षदेखि यताका सघर्षहरुमा झन् घनीभूत हुंंदै आएको देखिन्छ । यतिमात्र होईन, जीवनस्तरका दृष्टिले अत्यन्तै पछौटे अवस्थामा रहेर पनि नेपालंका नेपालीहरु आफ्रनो देशमा मात्र नभएर समय क्रममा भारतीय स्वतन्त्रता संग्राममा पनि सकृयरहेको देखिनुले उनिहरुमा राजनीतिक सचेतनता उच्चरुपमा रहेको देखिन्छ । यस आलेखमा भारतको उत्तरपूर्वी क्षेत्रका नेपालीहरुको स्थिती र त्यहां रहंदा उनिहरुको सक्रियताले नेपालको जनआन्दोलनहरुमा परेको प्रभावका वारेमा यथासंभव खोजीनिती गर्ने प्रयास गरिएको छ । यहांका नेपालीहरु विशेषगरी कृषि र पशुपालनमा आश्रित रहेको पाईन्छ । भारतका अन्यत्र बस्ने नेपालीहरु भन्दा आर...