पूर्वोत्तरभारतका नेपालीहरु— 2

पृष्ठभूमिः


                                           Kamakhya Temple In Guwahati

 नेपालमा भएका सबैजसो महत्वपूर्ण राजनीतिक परिवर्तनहरुमा भारतमा रहेका नेपालीहरुको पनि महत्वपुर्ण भूमिका रहंदै आएको छ । यो भूमिका नेपालमा राणाहरुको जहानिया शासन विरुद्धको संघर्षदेखि यताका सघर्षहरुमा झन् घनीभूत हुंंदै आएको देखिन्छ । यतिमात्र होईन, जीवनस्तरका दृष्टिले अत्यन्तै पछौटे अवस्थामा रहेर पनि नेपालंका नेपालीहरु आफ्रनो देशमा मात्र नभएर समय क्रममा भारतीय स्वतन्त्रता संग्राममा पनि सकृयरहेको देखिनुले उनिहरुमा राजनीतिक सचेतनता उच्चरुपमा रहेको देखिन्छ । 
           यस आलेखमा भारतको उत्तरपूर्वी क्षेत्रका नेपालीहरुको स्थिती र त्यहां रहंदा उनिहरुको सक्रियताले नेपालको जनआन्दोलनहरुमा परेको प्रभावका वारेमा यथासंभव खोजीनिती गर्ने प्रयास गरिएको छ । यहांका नेपालीहरु विशेषगरी कृषि र पशुपालनमा आश्रित रहेको पाईन्छ । भारतका अन्यत्र बस्ने नेपालीहरु भन्दा आर्थिक रुपमा केही सबल रहेको चर्चा पनि सुनिने गरिन्छ । जेजसो भए पनि उनिहरु भारतमा बृटिस साम्राज्यको शासनदेखि नै विभिन्न बाहानामा लगातार प्रशासनिक बक्र दृष्टिको पनि सामना पनि गर्दै आईरहेका छन् । यो क्रम भारतले बृटिस सामा्रज्यबाट स्वतन्त्रता पाएको दशकौं व्यातित भै सक्दा पनि विभिन्न रुपमा चली नै रहेको छ ।
नेपालमा पनि क्रान्ति र परिवर्तनका नाममा जनताको ठूलो त्याग र बलिदानबाट कैयन 
राजनीतिक चरणहरु पुरा भैसकेर पनि ठोस उपलब्धि नभएको कुरा सांचो हो । यसरी पूर्वोत्तर
भारतका नेपालीहरु भारत र नेपाल दुवैतिरको अवस्थादेखि नै दुखित रहंदै आएको यथार्थ हो ।
नेपालको यस्तो स्थितीले भारतमा स्थाईरुपले बसोबास गर्दै आएका भारतीय नेपालीहरु त दुखित 
भए नै, त्यहां बसोबास गर्दै रहेका प्रवासी नेपालीहरु प्रत्यक्ष प्रभावित हुनु झन् अस्वभाविक थिएन ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

भारत पाकिस्तान तनाव ः युद्ध विराम मात्र होईन, संवादको विकल्प छैन

भारत—पाक तनाव ः भारतीय मुख्य धारा की मिडिया का छिछोरापन

भारत पाकिस्तान टकराव पर सवाल क्यों उठ रहे हैं ?