संदेश

चीन # अमेरीका # कोरोना # आरोप लेबल वाली पोस्ट दिखाई जा रही हैं

कोरोना प्रकरणः चीनलाई घेराबन्दीमा पार्ने प्रयास

चित्र
चीन माथि अमेरीका र उसको प्रचार शंयन्त्रले अमेरीका लाई लिएर लगाउँदै आएको आरोप अमेरीकामा कोरोना संक्रमणको संकट बढ्दै जाँदा कुन रुप लिने  हो हेर्न बाँकी छ । पछिल्लो पटक चीनसंग मिलेर महामारीसंग लड्ने कुरा सी र ट्रम्पबीचको फोनवार्तामा भएको छ ।   गत दिसम्बरको अन्ततिर चीनको उहानमा रुघा खोकी र ज्वरोको प्रकोप फैलियो । चल्तीको उपचारले त्यो निको नभएपछि सबै सतर्क भए । दिसम्बर ३०मा उहान केन्द्रिय अस्पतालमा कार्यरत  नेत्र चिकित्सक ली वेनलियाङले सामाजिक संजाल उईच्याटमा आफुले सातजना संक्रमितहरुका  रिपोर्ट हेर्दा क्ब्च्क्  घातक भाईरस पोजेटिभ देखिएको भन्ने स्टाटर लेखेपछि ३ जनवरीमा उहान पुलिसले उनलाई कपोलकल्पित कुरा गरेको भन्दै गिरफ्तार गरेको चाईना डेलीले समाचार दिएको थियो । उनले १० जनवरीसम्म अस्पतालमा काम गरेका थिए । त्यसपछि उनि कोरोना संक्रमित भएका थिए । उनले १ फरवरीमा सामाजिक संजाल उईबोमा आफु कोरोनाबाट बिरामी परेको सबैलाई जानकारी गरेका थिए । उनको यो पोष्टमा ४लाख चिनियाहरुले स्वस्थ्य लाभको कामना गरेका थिए । अस्पतालमा सघन उपचार हँदै गर्दा ६फरवरीका दिन बिहान २.५८...