कोरोना प्रकरणः चीनलाई घेराबन्दीमा पार्ने प्रयास
चीनमाथि अमेरीका र उसको प्रचार शंयन्त्रले अमेरीकालाई लिएर लगाउँदै आएको आरोप अमेरीकामा कोरोना संक्रमणको संकट बढ्दै जाँदा कुन रुप लिने हो हेर्न बाँकी छ । पछिल्लो पटक चीनसंग मिलेर महामारीसंग लड्ने कुरा सी र ट्रम्पबीचको फोनवार्तामा भएको छ ।
गत दिसम्बरको अन्ततिर चीनको उहानमा रुघा खोकी र ज्वरोको प्रकोप फैलियो । चल्तीको उपचारले त्यो निको नभएपछि सबै सतर्क भए । दिसम्बर ३०मा उहान केन्द्रिय अस्पतालमा कार्यरत नेत्र चिकित्सक ली वेनलियाङले सामाजिक संजाल उईच्याटमा आफुले सातजना संक्रमितहरुका रिपोर्ट हेर्दा क्ब्च्क् घातक भाईरस पोजेटिभ देखिएको भन्ने स्टाटर लेखेपछि ३ जनवरीमा उहान पुलिसले उनलाई कपोलकल्पित कुरा गरेको भन्दै गिरफ्तार गरेको चाईना डेलीले समाचार दिएको थियो । उनले १० जनवरीसम्म अस्पतालमा काम गरेका थिए । त्यसपछि उनि कोरोना संक्रमित भएका थिए । उनले १ फरवरीमा सामाजिक संजाल उईबोमा आफु कोरोनाबाट बिरामी परेको सबैलाई जानकारी गरेका थिए । उनको यो पोष्टमा ४लाख चिनियाहरुले स्वस्थ्य लाभको कामना गरेका थिए । अस्पतालमा सघन उपचार हँदै गर्दा ६फरवरीका दिन बिहान २.५८ मा ३३ वर्षिय वेनलियानको मृत्यु भएको थियो ।
![]() |
डा वेन्लियन |
डा वेनलियानको मृत्युलाई लिएर चीनले कोरोनाबारेकोे सुचना लुकाएको वा विश्वलाई गुमराहमा राखेको भन्ने आरोप अमेरीका र उसका सहयोगी राष्ट्रहरुले लगाऊँदै आएका छन् । कतिपय संचारमाध्यमहरुले वेनलियानको मृत्युलाई समेत हत्याको शंका गरेका छन् ।
अमेरीका र चीन अहिलेको विश्वका दुई मुख्य प्रतिद्वन्दी शक्तिहरु हुन् । अमेरीकामा डोनाल्ड ट्रम्प सत्तामा आएदेखि अमेरीका अस्थिर जस्तो देखिंदै छ । विश्वमा उसको पारम्परिक प्रभुत्व खस्किंदै गएको विष्लेशण गर्न थालिएको छ । चीन भने नवोदित शक्ति हो उसको अर्थतन्त्र उत्पादनमुखी छ । यसैले उसको मुल उद्देश्य आफ्नो उत्पादनको बजारलाई सुनिश्चित गर्ने रहेको छ । उसले उसको संजाललाई भविष्यमा सामरिक उद्देश्यकालागि प्रयोग गर्ने सन्त्रास प्रतिद्वन्दीहरुलाई छ । यो त्रासलाई पुरै नकार्न पनि सकिने स्थिति भने छैन । यसैले चीनलाई विभिन्न मोर्चामा रोक्न वा परास्त गर्न विश्वमा विभिन्न प्रयोग भैरहेका छन् । स्वभाविक छ यस्तै तुषले कोरोना प्रक्ररण पनि प्रभावित भएको छ ।
चीनले उहानको कुनै प्रयोगशालामा चिनिया सैनिकहरुको निगरानीमा जैविक हतियारका रुपमा कोरोनाको विकास गरेको भन्ने आरोप पनि छ । उहानको आकाशमा बाक्लो धुवाँ देखिएको भन्दै कोरोनाका सयौं जिवित विरामीहरु वा मरेका लाशहरुलाई जलाएर चीनले तथ्यांक लुकाएको आरोप पनि छ । कोरोना कसरी आयो भन्नेमा पनि अप्रमाणित अरु पनि आशंकाहरु गरिएको छ । चिनिया समुद्रिक आहार ( SEAFOOD) बजारबाट आएको वा ल्याईएको भनिएको छ भने कतिले चमेरो कुकुर सर्प जस्ता जीव चिनियाहरुले खानाले ती जीवमा रहँदै आएको कोरोना मानिसमा संक्रमण भएका आरोप छ । यी जीवहरु चिनियाहरुले पछिल्ला वर्षहरुमा मात्र खान थालेका होईनन् । यो उनिहरुको पारम्परिक आहार हो । भारतका मुलधारका संचार माध्यमहरुले समेत यसलाई बढाई चढाई प्रसारित गर्ने गरेका छन् । भारतका पुर्वोत्तरका नागा जातिहरु लगायत अन्त्रका जातिहरु पनि सर्प कुकुर खाने पारम्परिक रुपमै गर्दछन् । यस्ता अहारहरु दक्षिणपूर्वी एशियाका विभिन्न जातीहरुले पारम्परिक रुपमै गर्दै आएका छन् । स्वस्थ्य र हानिका दृष्टिले कुनै चीज खान हुने नहुने वहस गर्नु स्वभाविक छ तर आरोप प्रत्यारोपमा कुनै जातिको पारम्परिक आहार वारे टिप्पणी गरेर साध्य हुने कुरा भएन ।
मिडिया प्रपोगाण्डामा चीनमा उहानमा बाहेक अन्यत्र किन ठूलो क्षति भएन र साढे आठ हज्जार कि.मी टाढा इटाली पुग्यो कोरोना ? किन दुई महिना भित्रै चीनमा संक्रमणको दर एक्कासी घट्यो भन्ने जस्ता प्रश्न उठाउने गरिएको छ । अमेरीकी अधिकारी र मिडियाले यस्ता आशंकामा आगो लगाउने अभिव्यक्ति दिन पछि परेका छैनन् भने चीन पनि क्रुद्ध प्रतिक्रिया दिन पछि परेको छैन । चीन पनि गत अक्टोबरमा उहानमा भएको सैनिक खेलमा भाग लिएका अमेरीकी सैनिकहरुले कोरोना छोडेर गएको हुनसक्ने बताएको छ । चीनले उहानमा ६ दिनमा बनाएको अस्पताललाई समेत असम्भव गफका रुपमा चित्रण गर्ने गरिएको छ । जबकि यसअघि नै २००३मा चीनले सात दिनमा विशाल अस्पताल निमार्ण गरिसकेको जनाएको थियो । पछिल्ला दिनहरूमा चीनले कोरोना विरुद्ध गरेको सहयोग सामग्री कमसल रहेको भन्दै स्पेन फ्रान्स जस्ता देशहरूले फिर्ता गरेका छन्। त्यस्लाई लिएर चीनले कोरोनको आडमा मुनाफाखोरी गरेको आरोप लगाइएको छ।
यस्ता आरोप प्रत्यारोपको प्रमाणिकतातिर ध्यान दिने प्रयास कतैबाट भएको छैन । चीनमाथि लगाईएका आरोपहरुले चीन ध्वंश भैसकेको हुनुपर्ने तर किन भएन भनेर योजना असफल भएकोमा हतास भएको शंका गर्ने बाटो पनि बन्द भएको देखिंदैन ।
कोरोनाको उत्तपती कसरी भयो कुनै आशयले भयो कि स्वभाविक रुपमा भयो भन्ने कुरा विश्वले जान्न आबश्यक छ । यसलाई आरोप प्रत्यारोपले न भै अनुसंधानले पुष्टि गर्न आवश्यक छ । विगतमा महाशक्तिहरुले प्रभुत्वका नाममा गरेका कर्तुतहरु विर्सन योग्य छैनन् । यदि फेरि पनि सोही निहुँमा कमजोर मुलुक वा मानवजातिमाथि नै संकट ल्याउने कार्य भने कदापि क्षम्य हुने छैन ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.