संदेश

समाजबादी लेबल वाली पोस्ट दिखाई जा रही हैं

बाबुराम र उपेन्द्रको सहयात्रा : राष्ट्रिय कि मधेशको राजनीति ?

चित्र
नेपाली राजनीति र बेलाबखत विदेशी स्वार्थहरुको नेपाललाई जाँच गर्ने प्रयोगशाला हुँदै आएको मधेश का  नेपालीहरूको भागमा पीडा मात्रै पर्ने सिलसिला चलिआएको छ । मधेशका उद्दारकर्ता हूँ  भन्नेहरु धेरै आए गए । उपेन्द्र बाबुराम को सहयात्राले उहि इतिहास नै पो दोहोर्याउने हो कि ? नेपालमा दलहरुबीच केही अनौठा र अप्रत्यशित समिकरणहरु बन्दै गैरहेको देखिन्छ । त्यस्तै मध्येको पछिल्लो बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको एकिकरणको घटना हो । भनिन्छ राजनीतिमा असंभव भन्ने कुरा केही हुँदैन । त्यहि कुरा चरितार्थ भएको देखिन्छ । उसो त यी दुईबीच पहिले पनि एकिकरणको चर्चा बेलाबखत चल्दै आएको थियो तर वरियताक्रमको कुरा नमिलेपछि त्यो स्थगित भएको थियो । जे होस्, उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम र बाबुरामले नेतृत्व गरेको नयाँ शक्ति पार्टी एकिकरण भएर समाजवादी पार्टी, नेपाल बनेको घोषणा भैसकेको छ । बने लगतै सामाजिक संजालहरुमा बाबुरामले संविधान संशोधन गरेर नेपालमा सात होईन एघार प्रदेश बनाउन पर्छ त्यसो  भएन भने सरकार छोड्ने चेतावनी दिएका छन् भने अर्का नेता राजेन्द्र श्रेष्ठले कम्युनिष्टह...